राष्ट्रिय सभा निर्वाचन : नौ दलका ८३ उम्मेदवार, १७ जना निर्विरोध

काठमाडौं, ११ माघ ।

राष्ट्रिय सभाको निर्वाचन हुने ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारहरूले बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन्।

प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्र्खेत र प्रदेश ७ को डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ।

सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

१७ जना निर्विरोध
उम्मेदवारी दर्ताकै दिन प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध भएका छन्। १७ सिटमा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन्।

प्रदेश १ मा महिलातर्फ एमालेकी नैनकला ओझा, माओवादीकी बीना पोखरेल र कांग्रेसकी सरीता प्रसाईं, प्रदेश २ मा महिलातर्फ माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिलाकुमारी यादव, दलिततर्फ संघीय फोरमका रामप्रित पासवान र दलिततर्फ राजपाका वृशेषचन्द्र लाल, प्रदेश ५ मा महिलातर्फ एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा, प्रदेश ७ मा महिलातर्फ कांग्रेसकी तारादेवी जोशी, एमालेकी कमला ओली र इन्दु कडरिया तथा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन्। – अन्नपूर्ण पोस्टबाट

बिहीबार, माघ ११, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*