विकसित देश तर महिलाविरुद्ध कस्ता कस्ता कानुन !

 

काठमाडौं, १९ कात्तिक ।

धेरै विकसित देशहरुमा अझैं पनि अनौठा किसिमका कानुन विद्यमान छन् । अझ हामीहरुले उच्चतम विकास गरेको भन्ने केही देशहरुमा पनि महिलाहरुका लागि अझैं पनि कडा कानुनहरु लागू छन् । जस्तो– महिलाहरुले शरीरको माथिल्लो अंग देखाएमा, निर्वस्त्र भएमा उनले ठुलो धनराशि जरिवाना तिर्नुका साथै जेल सजाय समेत भोग्नुपर्ने हुन्छ ।

महिलाहरुप्रति कठोर कानुन भएको मुलुकमा तपाई हामीले विकसित देश मान्ने सिंगापुर पनि रहेको छ । एसियाको मोडर्न देशको रुपमा मानिने सिंगापुरमा कुनै पनि महिलाले कम्मरभन्दा माथिको भाग देखाउने वा निर्वस्त्र भएर हिँडेको पाईएमा उक्त महिलालाई २ लाख ६ हजार रुपैंया जरिवनासहित ३ महिना जेल सजाँय समेत हुने गर्छ ।

युरोपियन मुलुक आयरल्याण्डमा कुनै पनि महिला निर्वस्त्र भएर हिँड्डुल गरेमा ८० हजार रुपैंया जरिवनासहित ६ महिना जेल सजाँय हुन्छ । अर्को युरोपियन मुलुक टर्कीमा सार्वजनिक स्थलमा निर्वस्त्र भएमा जरिवनाको कानुन त रहेको छ नै, साथै केही संस्थाहरु सार्वजनिक स्थलमा महिलालाई हाँस्न समेत प्रतिबन्ध लगाउने कानुन ल्याउने सोचाइमा छन् ।

साम्बा डान्सको कारण विश्वमै ग्ल्यामरको क्षेत्रमा ख्याति कमाएको ब्राजिलमा सार्वजनिक स्थलमा निर्वस्त्र हिँड्डुल गरेमा महिलालाई ६ महिनाको जेल सजाँय हुने कानुन छ ।

रसियामा निर्वस्त्र भएर सार्वजनिक स्थलमा हिँड्डुल गरेको पाइएमा उक्त महिलालाई ६ हजार रुपैंया जरिवाना गर्ने कानुन छ ।

मध्यपूर्वमा केही उदार राष्ट्रका रूपमा देखिने संयुक्त अरब इमिरेट्समा महिलाले अश्लील क्रियाकलाप गरेमा वा आपत्तिजनक लाग्ने किसिमको ड्रेस लगाएमा ६ महिनाको जेल सजाँय हुने व्यवस्था छ । – एजेन्सीको सहयोगमा

आइतबार, कात्तिक १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*