शक्तिले लिए सक्रिय खेलाडी जीवनबाट अवकाश

काठमाडौं,  २९ मंसिर ।

नेपाली क्रिकेट टोलीका प्रमुख सदस्य ३४ वर्षीय शक्ति गौचनले आफ्नो जीवनको अन्तिम खेल खेलेका छन्। पोखरा राइनोजविरुद्ध एभरेष्ट प्रिमियर लिगमा खेलिएको खेल उनको करियरको अन्तिम खेल बनेको छ। उनले शनिबारको खेलसँगै क्रिकेटका सम्पूर्ण फर्म्याटबाट सन्यास लिएका छन्।

 

त्रिवि क्रिकेट मैदानमा अन्तिम खेल खेल्दै विदा भएका गौचनले आफूलाई सम्हाल्न नसक्दा खेल मैदानमै आँसु खसाल्न पुगे। उनी विदा हुँदै गरेको क्षणले उपस्थित सबैलाई भावुक बनाएको थियो। उनी सहभागी टोली पोखरा राइनोज र चितवन टाइगरका खेलाडीले उनलाई काँधमा राख्दै मैदान वरपर घुमाएका थिए। सो क्रममा उनले नेपालको झण्डा काँधमा बोक्दै आँसु झार्दै दर्शकलाई अभिवादन गरेका थिए।

१९ वर्षे खेलाडीको जीवनबाट टाढा भए पनि उनले आफू यो क्षेत्रसँग सधैँ साथ रहने बताएका छन्। शक्तिले अब आफ्नो लक्ष्य नेपाललाई टेष्ट राष्ट्रको मान्यता दिलाउनु रहेको बताए। उनले भने ुहामीले अहिले एक दिवसीय राष्ट्रको मान्यता पाएका छौ, यो ठुलो उपलब्धि हो, अब मेरो सपना र लक्ष्य भनेको नेपाललाई आगामी १० वर्ष भित्रमा टेष्ट राष्ट्रको मान्यता दिलाउनु हो। त्यसको लागि म हरेक क्षेत्रबाट लागि पर्ने छु।ु उनले सम्पूर्ण नेपाली क्रिकेट प्रेमीलार्इ धन्यवाद व्यक्त गरे। अन्तिम खेलमा शक्तिले ४ ओभरमा २५ रन दिए। उनले विकेट भने प्राप्त गर्न सकेनन्। ब्याटिङतर्फ शक्तिले १ बलमा नटआउट १ रन जोडे।

+        +        +
यसअघि, २०७५ साउन १६ गते। नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको दिन। यो दिन नेपाली क्रिकेटले जुन इतिहास रच्यो, टिमका सबैभन्दा सिनियर सदस्य शक्ति गौचनका लागि झनै विशेष बन्यो। नेपाली राष्ट्रिय टिमबाट लगातार १७ वर्ष खेलेका उनी यही दिन नेपालका लागि अन्तिम आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्दै थिए।

shakti 2

नेदरल्यान्ड्सको भिआरए मैदानमा प्रवेश गर्नुअघि उनलाई नेपाली खेलाडीले उभिएर ुगार्ड अफ अनरु दिएका थिए। सधैं हंसमुख शक्ति खुसी सँगसँगै एकाएक भावुक बने त्यो क्षण।

शक्तिको यो नै नेपालका लागि अन्तिम खेल भने थिएन किनभने उनी फ्यान र परिवारको अघि नेपालमा कुनै एक खेल खेलेर नेपाली क्रिकेटबाट बिदा लिन चाहन्थे। ‘विदेश भ्रमण हिसाबले त्यो मेरो अन्तिम खेल थियो। अब कुनै एक्जिबिसन खेल खेलर बिदा लिनु उत्तम हुन्छ’, शक्तिको इच्छा थियो।
मैदानमा रहदा समान्य खेल खेलेका शक्ति खेल सकिएपछि भने भावुन भए। उनलाई पोखराका खेलाडीले बोकेर मैदान घुमाएका थिए। मैदान घुमाएर सबैले नाम लिइरहदा भने उनले आँसु झारेका थिए। उनलाई सबै खेलाडीले उभिएर ‘गार्ड अफ अनर’ दिएका थिए।

शक्तिले अन्तिम खेल खेलेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कादेखि धेरै सिनियर तथा जुनियर क्रिकेटले धन्यवाद दिँदै सामाजिक सन्जालमा समेत पोस्ट गरे।

अन्तिम खेलमा उनी सामान्य खेलेर टिमका लागि योगदान दिन सकूँ भनेर उनी मैदानमा उत्रिएका थिए, जसरी उनले दुई कक्षामा पढ्दा लुगा पिट्ने मुंग्रो समातेर पहिलो पटक ब्याटिङ गरेका थिए।

+        +            +

बुबा भारतीय सेनामा भएकाले शक्तिको बाल्यकाल भारतको गोरखपुरमा बित्यो। भारतका सबै ठाउँ जस्तै गोरखपुरमा पनि क्रिकेटको क्रेज औधी थियो। उनी दुई कक्षामा पढ्दै क्रिकेटतर्फ आकर्षित भइसकेका थिए।

ुसाथीले आफ्नो ब्याट भाँचिएपछि मेरो घरको कपडा धुने मुंग्रो लिएर आइज भनेको थियो। मैले आमाले कपडा धोएर राखेको मुंग्रो बोकेर हिँडे,ु शक्ति नेपाल लाइभसँग भनेका थिए, ुमैले पहिलो पटक मुंगो समाएर ब्याटिङ गरे।ु

गोरखपुरमा त्यो बेला क्रिकेटका लागि समर क्याम्प हुन्थ्यो। दुई महिनाको बिदामा करिब डेढ महिना क्रिकेट सिकाइन्थ्यो। उनी पनि त्यो क्याम्पमा सधैं पुग्थे। एकदिन प्रशिक्षकले उनलाई माथिल्लो स्तरमा क्रिकेट खेल्न गोरखपुरभन्दा ठूला सहरमा जाने सुझाव दिए। ुउहाँ मुम्बई, कोलकाता र दिल्ली जस्ता ठूला सहर जाऊ भन्नुहुन्थ्यो,ु उनी भन्छन्, ुमेरो एक जना साथी क्याम्पबाट मुम्बई गएको थियो। त्यसैले मैले मुम्बई नै जाने निर्णय गरेँ।ु

पहिला शक्ति ओपनिङ ब्याटिङ ब्याट्सम्यानको रुपमा खेल्थे। बलिङचाहिँ ुचाइना म्यानु गर्थे। मुम्बई पुगेपछि प्रशिक्षकले उनको बलिङ औधी मन पराए। प्रशिक्षककै सल्लाह अनुसार बलिङ र ब्याटिङ परिवर्तन गरे। चाइना म्यानको सट्टा अर्थोडक्स बलिङ गर्न थाले। मिडल अर्डरको ब्याट्सम्यान रुपमा ब्याटिङ गर्न थाले। तर पनि उनी बलिङमै बढी केन्द्रित हुन्थे।

क्रिकेटको माहोलमा भिजिरहँदा उनको औंलामा चोट लाग्यो। ६ महिनाको आराम अवधिमा थिए। फेरि चेकअप गराउँदा अर्को ६ महिना आराम गर्नुपर्ने भयो। त्यही बेला उनकी आमाको अप्रेसन गर्नुपर्‍यो। एक वर्ष आराम गर्नुपर्ने सल्लाहपछि शक्तिको काँधमा आमाको हेरविचार गर्ने जिम्मा आयो। त्यसपछि उनी गोरखपुरबाट आमालाई लिए पुर्ख्यौली भैरहवा फर्किए।

नेपाल आएपछि क्रिकेटबाट टाढा हुन भने परेन। एकदिन रंगशाला पुगेका थिए। संयोगवश त्यही दिन प्रशिक्षक जंगबहादुर थापासँग भेट भयो। थापाले पहिलो भेटमै शक्तिलाई क्रिकेट खेल्न प्रस्ताव गरेका थिए। उनले यू–१७ को सेलेक्सन भाग लिन भनेपछि शक्तिको नेपाली क्रिकेट यात्रा सुरु भयो।

सुरुमै उनले जिल्लाको कप्तानी पाए। त्यसपछि क्षेत्रको कप्तानी गर्दै उनी काठमाडौं आए। काठमाडौंमा पनि राम्रो खेलपछि यू–१७ टिमको कप्तान बने। त्यसपछि उनलाई राष्ट्रिय टिममा प्रवेश गर्न गाह्रो भएन। २००१ मा राष्ट्रिय टिममा डेब्यू गरे।

+           +               +
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षमा एकदिवसीय टिमको मान्यता पाएको छ। तर पहिलो १४ वर्ष भने नेपाली क्रिकेट एउटै स्तरमै रुमल्लियो। प्रशिक्षणमा केन्द्रित नहुँदा सुरुवाती दिनमा सफलता हात पार्न कठिन भएको शक्तिको बुझाइ छ। किनकि २०१० अघि दुई घन्टाको मात्र प्रशिक्षण हुन्थ्यो।

ुछोटो समयको प्रशिक्षणमा एक जना ब्याट्सम्यानले १० मिनेट ब्याटिङ पाउँथ्यो। मुख्य ब्याट्सम्यानले बढी पायो भने १५ मिनेट प्रशिक्षण हुन्थ्यो। एक जनाले ३०–४० बल फाल्थे। कुनै दिन भ्यायो भने फिटनेस गर्थ्यौं । बढीमा साढे दुई घन्टाको सेसनपछि प्याकअप हुन्थ्यो।

जब पुबुदु दासानायके २०११ मा नेपाली टिमको प्रशिक्षक भए, नेपालको प्रशिक्षणदेखि टिम सेटअपमा ब्यापक परिवर्तन भयो। बिहान ८ बजेदेखि सुरु गरेर साँझ ५ बजेसम्म प्रशिक्षण हुन्थ्यो।

खेल्नु नै छ भने सबै कुरा त्यागेर खेलमा समर्पित हुनुपर्छ भन्ने पुबुदुले नेपाली टिमको प्रशिक्षण प्याट्रन नै परिवर्तन गरे। जसका कारण नेपाली क्रिकेटमा रिजल्ट आउन थालेको उनको अनुभव छ।

+                 +               +
नेपाली राष्ट्रिय टिमबाट सुरुवातमा खेल्दा शक्ति अलराउन्डर थिए। नेपाली टिम उनको ब्याटिङ र बलिङमा भर पर्थ्यो। यद्यपि उनी भारतबाट नेपाल आउँदा बलरको रुपमा आएका थिए। तर पनि उनको ब्याटिङ नेपाली ब्याट्सम्यानकै स्तरको थियो।

shakti 3

टिमलाई ब्याट्सम्यान चाहिएकाले मैले आफ्नो जिम्मेवारी निर्वाह गरेको हुँ,ु उनी भन्छन्। उनले राष्ट्रिय टिममा डेब्यू गरेको ९ वर्ष ब्याटिङ र बलिङ दुवैमा उतिकै योगदान दिए।

२०१० पछि भने शक्तिको ब्याटिङ त्यति जमेन। टी–२० खेलहरु बढी हुन थाले। ब्याटिङ ५० ओभर र टेस्ट खेलका लागि अनुकूल थियो। अर्कोतर्फ एकदिवसीय खेलमा पावरप्लेमा खेल्ने बेलामा शक्ति ब्याटिङमा हुन्थे। त्यहाँ उनी फिट हुन सकेनन्। रणनीति बनाउनका लागि ब्याटिङमा भन्दा बलिङमा फिट हुन लागेँ।

+                 +                  +
२०१० सम्म नेपाली क्रिकेटका लागि तीन–चार ठाउँ यस्तो अवसर आयो, जहाँ राम्रो गरेको भए नेपालको स्तर अहिलेको भन्दा निकै माथि पुग्थ्यो। तर ती अवसर चुम्न नसक्दा भने शक्ति निकै दुखित हुन्थे।

२०११ मा टी–२० छनोटमा टिममा नपरेको क्षण शक्तिका लागि करिअरको सबैभन्दा दुस्खको समय थियो। तर उनले हार मानेनन्। धेरै मेहनत गरे। एक वर्षभित्रै टिममा कमब्याक गरे।

उनका लागि टी–२० विश्वकप खेलेको क्षण सबैभन्दा खुसीको क्षण हो। त्यो सबैभन्दा अविस्मरणीय क्षण हो उनका लागि।

हुन त कतिपय यस्ता क्षण हुन्छन्, जसलाई वर्णन होइन महसुस मात्रै गर्न सकिन्छ। शब्दहरु अपुग भएपछि त्यो भावनामा उर्लिन्छ। कतै आँखा रसाउँछ भने कतै मुटु निचोरिएर आउँछ। त्यतिबेला देशप्रेम कताकताबाट उर्लिएर आउँछ। मन ढक्क फुल्छ अनि आफ्नो देश र झन्डा आँखाअगाडि फर्फराउँछ।

शक्तिलाई यस्तै भएको थियो।

त्यही टी–२० विश्वकपमा शक्ति ुसेलिब्रेसनुका कारण पनि चर्चित बने। उनी विकेट लिएपछि बेस्सरी दौडिएका थिए। अहिले पनि त्यसैगरी खुसी मनाउने गर्छन्।

किन यस्तो गर्छन् त उनी ?

विकेट लिएपछि मैदान दौडनु नेचुरल कुरा हो। सन् २०११ सम्म शक्ति सामान्य तरिकाबाट खुसी बनाउथे। तर सन् २०११ को टी–२० विश्वकपमा डेनमार्कविरुद्ध ह्याट्रिक गरेपछि खुसी मनाउन मैदानमा दौडन सुरु गरेको उनी सम्झिन्छन्।

+            +               +
गत वर्ष नामिबियामा भएको डिभिजन–२ र जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शक्ति टिममा रहे पनि पहिलो रोजाइको पर्न सकेनन्। दुवै प्रतियोगिता उनी खेल्दै नखेली फर्किए।

हुन त उनले टिमका सिनियर खेलाडी तथा प्रशिक्षकलाई धेरै समय नखेल्ने संकेत दिइसकेका थिए। त्यसैले उनलाई परेको बेलमा उपयोग गर्ने हिसाबले टिममा राखिएको थियो। उनी पहिलो रोजाइमा नपरेको अवस्थामा मेन्टरको रुपमा काम गर्नेमा कप्तान र प्रशिक्षक स्पष्ट थिए। जिम्बावेमा शक्ति पहिलो रोजाइको टिममा नपरे पनि नेपालले एकिदवसीय मान्या पाएपछि उनको वर्षौंदेखिको सपना भने पूरा भयो।

नेपालले एकदिवसीय मान्यता पाएपछि उनले संन्यास लिनेबारे सोचे। ४ महिना लामो सोचपछि उनले गत साउनमा संन्यासको निर्णय लिएका थिए।नेपालले एकदिवसीय मान्यता पाएपछि उनी नेपालले राम्रो अवसर पाउने ढुक्क छन्। तर त्यो अवसर सदुपयोग नहोला भन्नेमा उत्तिकै चिन्तित पनि।

संन्यासपछि पनि क्रिकेटमा लागिरहने उनको सोचाइ छ। यसका लागि उनीसँग केही योजना छन्।

शक्ति लामो सयमदेखि भैरहवामा प्रशिक्षण गराइरहेका छन्। उनले आफ्नै लगानीमा स्टार क्रिकेट एकेडेमी खोली सञ्चालन गरिरहेका छन्।

शनिबार २९ मंसिर २०७५ मा प्रकाशित/Published on Saturday, Dec 15, 2018

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*