शिक्षाविद तथा पूर्वसभासद डा. बाबुराम पोखरेलको निधन

काठमाडौं, २३ पुस ।

मिनभवनस्थित भीएस निकेतनका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका पूर्वअध्यक्ष एवं पूर्वसभासद डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनी ६६ वर्षका थिए ।

पोखरेल लामो समयदेखि स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई नर्भिक अस्पताल लगिएको थियो ।

मानव संसाधन विकासमा विद्यावारिधी गरेका पोखरेल दोस्रो संविधानसभामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट सभासद बनेका थिए ।

अमेरिकामा रहेका छोरा मंगलबार आएपछि उनको अन्त्येष्टि गर्ने तयारी छ । पोखरेलका श्रीमती र दुई छोरा छन् ।

मानव संसाधन विकासमा विद्यावारिधी गरेका पोखरेल दोस्रो संविधानसभा फोरम लोकतान्त्रिकबाट सभासद बनेका थिए ।

आइतबार, पुस २३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*