श्रीकृष्णको यादमा कान्छी बनी मुस्ताङ पुगिन् श्वेता

काठमाडौं, ९ कात्तिक ।

आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला ।

अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै लगानीमा चलचित्र निर्माण गरेर ।

स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पण गर्दै श्वेताले निर्माण गरेको चलचित्र ‘कान्छी’ अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ । मुस्ताङको लेते र आसपासका ग्रामीण क्षेत्रमा चलचित्रको सम्पूर्ण छायांकन गरिएको छ ।

sweta5

चलचित्रका निर्देशक आकाश अधिकारी भन्छन्, ‘यहाँको ग्रामीण परिवेशमा नै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । कान्छीले श्वेताको पीडा भुलाउने काम मात्र गरेको छैन । हाम्रै परिवेशको एउटा स्वच्छ चलचित्र पनि बनेको छ ।’

यसअघिको चलचित्र ‘कोहिनुर’मा पनि निर्देशक आकाश नै थिए अनि थियो श्रीकृष्ण र श्वेताको जोडी । तर कान्छीको छायांकन गरिरहँदा नायिका र निर्देशकबीच श्रीकृष्णको याद मात्रै बाँकी छ । – अन्नपूर्ण पोस्टबाट

बिहीबार, कात्तिक ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*