श्रीमान–श्रीमतीको रोचक नतिजाः एकजना वडा सदस्य अर्को प्रदेश सभासद तर भूमिका फरक !

काठमाडौं, २९ मंसिर ।

काठमाडौं–स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । यी दुबै चरणको चुनाव सम्पन्न भएसँगै संविधान कार्यान्वयनको बाटो खुलेको छ ।

काठमाडौं जिल्ला क्षेत्र नं १ को प्रदेश सभा ख को भूगोल र काठमाडौ महानगरपालिका ३१ नम्बर वडाको भूगोल लगभग एउटै हो । जहाँ रोचक नतिजा आएको छ ।

एमालेका स्थानीय नेता गणेश प्रसाद दुलाल र हुमादेबी आचार्यको रोचक नतिजा आएको हो । उनीहरु श्रीमान श्रीमती हुन् ।

दुलाल र आचार्य दुबै उही भुगोलबाट निर्वाचित जनप्रतिनिधि भए पनि फरक भूमिकामा रहनेछन् अर्थात आचार्य स्थानीय तहको वडा सदस्य र दुलाल प्रदेशसभा सदस्यको भूमिकामा ।

काठमाडौंको क्षेत्र नं १ को प्रदेश सभा ख बाट दुलाल ४जहार २ सय ४२ मत ल्याएर प्रदेश सभा सदस्यमा विजयी भएका भएका हुन् ।

यसअघि श्रीमति हुमादेवी आचार्य स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिको वडा नं ३१ बाट महिला सदस्यमा ४ हजार २ सय २१ मत ल्याएर विजयी भएकी हुन् । उनीहरुबीचको मनान्तर मात्र २१ रहेको छ ।

यहि वडाका मतदाताले आचार्यलाई स्थानीय तहमा जिताए भने प्रदेश सभामा पनि यीनै मतदाताले दुलाललाई जिताएका हुन् ।

निर्वाचित भुगोल उस्तै र मत पनि उस्तै रहे पनि फरक भूमिका रहेका उनीहरु जनताको काम गर्न पाउँदा खुसी भएको बताउँछन् । गणेश भन्छन्– हामी जनताको सेवक हौं । जुनसुकै भूमिकामा रहे पनि जनतासँगै रहने हो ।’

पति–पत्नी नै राजनीतिमा लाग्दाको दुःख
जनप्रतिनिधि भएर काम गर्दा घर व्यवहार भने लथालिङ भएको बताउँछन् दुलाल ।

आचार्य वडा सदस्य भएपछि विहान १० बजे देखि बेलुका ४ बजे सम्म वडा कार्यलयमा बस्ने गरेको र घरमा हुँदा पनि समाजसेवामा लाग्नु पर्दा निकै व्यस्त हुने दुलालको अनुभव छ ।

श्रीमान श्रीमती दुबैको पृष्ठभूमि राजनीतिक भएको बताउँदै दुलाल भन्छन्, ‘म ०३६ सालको विद्यार्थी आन्दोलबाट राजनीतिमा जोडिएको हुँ । आचार्य (श्रीमती) ले पनि चितवनबाट राजनीति सुरु गरेकी हुन् ।

यी दुबै जनाको विवाह पनि पछि ललितपुरको जिल्ला पार्टीले जनवादी तरिकाले गराएको हो । त्यो समयमा दुलाल ललितपुरको जिल्ला कमिटी सदस्य थिए । – कृष्ण गिरी/रातोपाटी

शुक्रबार, मंसिर २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*