संगीताले दिलाइन् नेपाललाई कुस्तीकै पहिलो स्वर्ण

म्याराथनमा ३२ वर्षपछि नेपाललाई स्वर्ण पदक

खेल संवाददाता
काठमाडौं । महिला कुस्ती खेलाडी संगीता धामीले १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला ५५ केजी तौल समूहमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् ।

संगीताले फाइनलमा बंगलादेशकी सकिरा सर्कारिनलाई ५-१ ले पराजित गरेकी हुन् । कुस्तीतर्फ नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो ।

जितपछि संगीताले आफू आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने र खेललाई अगाडि बढाउने चाहना रहेको बताइन् । बोल्ने क्रममा भावुक हुँदै उनले स्वर्णको पछाडि आफ्नो आमाको संघर्ष रहेको बताइन् । ‘म जहाँ छु, मेरो आमाको कारण हो । वहाँले नै मलाई यहाँसम्म ल्याउनुभयो । बुवाले अर्को विवाह गरेर छोडेपछि कष्टकर स्थितिमा पनि आमाले खेलमा लाग्न प्रेरित गर्नुभयो ,’ उनले भनिन् ।

यसैगरी कुस्तीतर्फ नै महिलाको ५७ केजीमा भारतकी सरिता पहिलो भइन् । नेपालकी अम्बिका भण्डारी दोस्रो भइन् । ७६ केजीमा भारतकी गुर्शरणा प्रीति कपुरले स्वर्ण तथा श्रीलंकाकी चान्तले रजत जिते । पुरुष ७० केजीमा पाकिस्तानका अयात उल्लाह पहिलो, श्रीलंकाका निल दोश्रो र नेपालका सुरेश चुनारा तेस्रो भए ।

पुरुष ७९ केजीमा पाकिस्तानका रहमानले स्वर्ण, श्रीलंकाका अनाकाले रजत र नेपालका बुन्नीलाल राउत ऐरले कांस्य हात पारे । पुरुष ९७ केजीमा भारतका काडियन सत्यवर्थ प्रथम, पाकिस्तानका अयाब द्वितीय र बंगलादेशका अवला दराबुरोसित तृतीय भए । पुरुष १२५ केजीमा भारतका सुमितले स्वर्ण, पाकिस्तानका जमान अन्वरले रजत र नेपालका राज यादवले कांस्य जिते ।

पुरुष म्याराथनमा नेपालका किरणल बोगटीलाई स्वर्ण

लामो दूरीका धावक किरण सिंह बोगटिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाएका छन् ।

यसरी नेपालले ३२ वर्षपछि म्याराथनमा स्वर्ण पदक जितेको हो।

Kiran-Bogati-13th saagKiran-Bogati

शनिबार दशरथ रंगशालामा आएर टुंगिएको म्याराथनमा किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे । भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक पाए । भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जिते ।

यससँगै दक्षिण एसियाली क्षेत्रको म्याराथनमा नेपालले दवदवा कायम राखेको छ । विगतमा वैकुण्ठ मानन्धरको तीन तथा टिका बोगटी र राजेन्द्र भण्डारी १(१ पदकसँगै नेपालले ५ स्वर्ण जितिसकेको थियो ।

म्याराथनमा नेपालका धावक वैकुण्ठ मानन्धरको नाममा कीर्तिमान छ । वैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा सो दूरी तय गर्दै कीर्तिमान बनाएका थिए ।

विसं २०६१ सालमा सशस्त्र प्रहरीमा जागिर सुरु गरेका किरण वैकुण्ठले बनाएको कीर्तिमान भन्दा ६ मिनेट १४ सेकेण्डले पछि रहे ।

यस्तै शनिबार नै भएको महिला म्याराथनमा श्रीलंकन खेलाडी हेरुनी केसाले २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा ४२ किमि दूरी पार गर्दै स्वर्ण पदक जितेकी छन्। नेपालकी पुष्पा भण्डारीले रजत र भारतकी खेलाडीले कांस्य पदक जितेका छन्। भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्।

कांस्य जितेकी भारतीय खेलाडी ज्योति गवातले २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेकी थिइन्।

कुन देशको कति पदक
जारी सागमा अहिले (शनिबार मंसिर २१ गते) सम्म ११० स्वर्ण जितेर भारत पहिलो स्थानमा कायमै रहेको छ । भारतले अहिलेसम्म ६९ रजत र ३५ कास्य ल्याएर २ सय १४ पदक जितेको छ ।

यस्तै नेपाल भने ४३ स्वर्ण ३४ रजत र ६५ कास्य सहित १ सय ४२ पदक जितेर दोस्रो स्थानमा कायमै छ । यस्तै श्रीलंका ३० स्वर्ण ५७ रजत ८३ कास्य सहित १ सय ७० पदक ल्याएर तेस्रो स्थानमा छ भने पाकिस्तान २३ स्वर्ण ३० रजत, ३४ कास्य सहित ८७ पदक सहित चौथो स्थानमा छ ।

बंगलादेशले भने ७ स्वर्ण पदक जितेको छ भने २२ रजत, ५५ कास्य गरि ८४ पदक जितेको छ । माल्दिभ्सले एक स्वर्ण र २ कास्य जितेको छ भने भुटानले ६ ओटा कास्य मात्रै जितेको छ ।

१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले (शनिबार मंसिर २१ गते) सम्म प्राप्त गरेको स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मुनि) -अनु अधिकारी

८.कराते (६७ केजी)- नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६.उसु (५६ केजी) – जुनी राई

३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की

३८. गल्फ – सुवास तामाङ

३९. गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ

४०. भारोत्तलन – विकास थापा

४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह

४२. म्याराथन – किरणसिंह बोगटी

४३. कुस्ती (महिला ५५ केजी) – संगीता धामी

……………………………….

शनिबार, मंसिर २१, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*