सगरमाथा आरोहणका लागि तीन महिलालाई विदाई

काठमाडौं, २ वैशाख । 

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पु-याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको तीन जना महिलालाई सोमबार विदाई गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल भ्रमण वर्ष २०२० को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाडौंमा एक कार्यक्रममा बीच बिदाई गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्तालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि विदाई गरे । उनले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले आरोहणको कार्यक्रम अघि बढाएको बताए । सचिव सापकोटाले तीन वटै देशका नारीहरुको सफल आरोहणले नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

नेपालकी तामाङ यस अघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसकेकी छिन् । भने भारतकी दासको ६ हजार मिटर उचाईका विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेकी छिन् । चीनकी माले सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर विदाई गरिसकेका थिए । आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नेछन् ।

सोमबार, वैशाख २,२०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*