सगरमाथा आरोहणमा एचआइभी संक्रमित गोपालले बनाए कीर्तिमान

काठमाडौं ।

एचआइभी संक्रमित पूर्वराष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। २५ वर्षदेखि एचआइभीको संक्रमित रहेका श्रेष्ठले बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।

उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन्। उनले सगरमाथाको चुचुरोमा सफलतापूर्वक आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

अघिल्लो पटक २०७२ सालमा आरोहणका लागि शिविरमा पुगे पनि नेपालमा भूकम्प गएपछि श्रेष्ठ घाइते भएपछि उद्धार गरिएको थियो। गोपाल श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा सगरमाथा आरोहण गरेका हुन्।

स्टेप अप क्याम्पेन सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल श्रेष्ठले यसअघि थोराङ् ला पास (५४१६ मि.), आइस ल्याण्ड पिक (६१८९), र भर्जिन पिक खाङ कार्पो (६६४६ मि.) को आरोहण गरिसकेका थिए। – सेतोपाटी 
शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*