सञ्चारकर्मी डोमा सगरमाथा चुम्ने तयारीमा

सल्लेरी (सोलुखुम्बु), १२ कात्तिक ।

सञ्चारकर्मी डोमा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा लागेकी छिन् ।

आउँदो वर्षको वसन्तऋतुमा सगरमाथा चुम्ने योजनाका साथ ग्रीन लेक ट्रेक एण्ड एक्सपीडिसन नामक ट्रेकिङ कम्पनीबाट आरोहण गर्ने तयारी भइरहेकाले त्यसका तालीम लिँदै, आर्थिक संकलनको अभियानसमेत शुरु गर्न थालेको उनले बताइन् ।

महिला सशक्तीकरण र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा महिला पत्रकारलाई पत्रकारिता पेशाप्रति आकर्षित गर्दै पर्यटन विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको र यसका लागि ३९ लाख रुपैंया लाग्ने भएकाले यतिबेला अर्थव्यवस्थापनमा नै व्यस्त रहेको डोमाले बताइन् ।

mt.everest

स्थानीय सोलु दूधकुण्डमा जन्मिएकी डोमा अहिले पत्रकारिता विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् । उनी भविश्यमा पत्रकारितासँगै महिला अधिकारको निम्ति सशक्त रूपमा अघि बढ्ने सोचमा छिन् ।

आइतबार, कात्तिक १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*