सन्दिप क्यारेबियन प्रिमियर लिग क्रिकेटमा पनि

क्रिकेटर सन्दिप लामिछानेको अर्को उपलब्धि  !

काठमाडौ, १९ फागुन ।

नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन् ।

सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो ।

इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्धित भएर चर्चामा आएका सन्दिप क्यारेवियन प्रिमियर लिगमा समेत खेल्ने भएपछि उनको चर्चा झन चुलिएको छ ।

१७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन् ।

सन्दिप अनुबन्धित बनेको सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्स क्लबमा वेष्ट इण्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी छन् । – नागरिक दैनिक

शनिबार, फागुन १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*