साना मरिन : अब फिनल्यान्डमा संसारकै कान्छी प्रधानमन्त्री

हेलसिङ्की । साना मिरेला मरिन नर्डिक मुलुक फिनल्याण्डको सत्तारुढ सोसल डेमोक्रेटिक पार्टी ९एसडिपी० को नेता बनेकी छन् । योसँगै मरिन सबैभन्दा कम उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै विश्वमा नै उनी बहालवाला प्रधानमन्त्रीमध्ये सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्नेछिन् ।

हाल मरिनले फिनल्याण्डको यातायात तथा सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी छन् । ३४ वर्षीया मरिन बामपन्थी झुकाव राख्ने राजनीतिज्ञ हुन् । गठबन्धन सरकारको सबैभन्दा ठूलो दल सोसल डेमोक्रेटिक पार्टीको नेता बनेलगत्तै केही समयपछि मरिन फिनल्याण्डको प्रधानमन्त्री बन्दैछन् ।

योसँगै मरिन कम उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुनेछिन् । साथै विश्वका बहालवाला प्रधानमन्त्रीमध्ये मरिन नै सबैभन्दा कम उमेरको प्रधानमन्त्री हुनेछिन् । र उनी फिनल्याण्डको तेस्रो महिला प्रधानमन्त्री बन्न सफल हुनेछिन् ।

गत अप्रिलमा भएको निर्वाचनमा सोसल डमोक्रेट पार्टी फिनल्याण्डको सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो । उक्त निर्वाचनमा एसडिपीले ४० सिटमा जित हात पार्दै ठूलो दल बनेको हो ।

एसडिपीका नेता आन्टी रिनेले मंगलबार पार्टीको नेताबाट राजीनामा दिएका छन् । यसअघि डिसेम्बर ३ मा उनले प्रधानमन्त्रीको पदबाट समेत राजीनामा दिएका थिए । रिनेको राजीनामापछि मरिनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

सन्नाले पाँच पार्टी सम्मिलित गठवन्धन सरकारको नेतृत्व गर्नेछिन् । रोचक के छ भने ती पाँचवटै पार्टी महिलाले हाँकिरहेका छन् ।

रिनले राजीनामा दिएलगत्तै एसडिपीले मरिनलाई आफ्नो नेता चुनेको छ ।

को हुन् मरिन ?

Sanna-Marin Finland PM aa

साना मिरेला मरिन फिनल्याण्डकी सोसल डमोक्रेट राजनीनिज्ञ हुन् । उनी सत्तारुढ पार्टी एसडिपीसँग आबद्ध छन् । उनको जन्म सन् १९८५ नोभेम्बर १६ मा भएको हो । हेल्सिन्कीमा जन्मेकी मरिनले केही वर्ष इस्पूर र पिरकालामा बिताएकी थिइन् । हाल उनी टाम्पेरेमा बस्छिन् ।

सन् २०१५ देखि फिनिस संसदको सदस्य बन्दै आएकी मरिनलाई गत जुनदेखि फिनल्याण्डको यातायात तथा सञ्चारमन्त्री नियुक्त गरिएको छ । उनी सन् २०१३ देखि २०१७ सम्म टाम्पेरेको नगर परिषद अध्यक्षमा समेत निर्वाचित भएकी थिइन् । उनी टाम्पेरे राज्य परिषदको सदस्य समेत हुन् ।

मरिनले सन् २०१२ मा टाम्पेरे विश्वविद्यालयबाट प्रशासनिक विज्ञानमा स्नातक पूरा गरेकी छन् ।

सत्तारुढ पार्टी एसडिपीले मरिनलाई आइतबार आफ्नो नेता चुनेको छ । यसअघि सन् २०१४ मा एसडिपिको दोस्रो उपाध्यक्षमा निर्वाचित बनेकी थिइन् ।

मरिन चार वर्षअघि पिरकान्मा जिल्लाबाट सांसदमा चुनिएकी थिइन् । सन् २०१९ मा उनी पुनः सोही क्षेत्रबाट चुनाव जित्दै सांसद बनेकी हुन् । जुनदेखि उनले यातायात तथा सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

मरिन आबद्ध एसडिपी मध्य(वामपन्थी दल हो । एसडिपीले फिनल्याण्ड नेटोको सदस्य हुनुहुँदैन भन्ने धारणा राख्दै आएको छ । शान्तिका लागि साझेदारी संगठन ९पार्टनरशिप फर पिस० मा आबद्ध हुनुपर्ने एसडिपीको मत छ ।

सन् २०१५ को संसदीय निर्वाचनमा एसडिपीका झण्डै ९१ प्रतिशत उम्मेदवारले फिनल्याण्ड नेटोको सदस्य हुनु हुँदैन भन्दै अभियान नै चलाएका थिए ।

एसडिपीले समलिङ्गी, द्विलिङ्गी तथा ट्रान्सजेन्डरले समेत धर्मपुत्र राख्न पाउनुपर्ने आवाज उठाउँदै आएको छ ९स्मरणीय छ, मरिनका बाबुआमा समेत समलिङ्गी हुन्० । आणविक ऊर्जा केन्द्र स्थापना गर्नुपर्ने, सरकारी भाषाको मान्यता पाएको स्विडिस भाषालाई संरक्षण गर्नुपर्ने र सरकारी विश्वविद्यालयको बजेट बढाउनुपर्ने कुरालाई एसडिपीले आफ्नो मुख्य एजेण्डा बनाउँदै आएको छ ।

त्यस्तै एसडिपीले सन् २०३० सम्ममा फिनल्याण्डलाई तेलमा आत्मनिर्भर बनाउने भन्दै आएको छ । साथै विदेशीलाई फिनल्याण्डमा काम गर्न बन्देज लगाउने गरी नीति बनाउनुपर्ने पक्षमा एसडिपी देखिन्छ ।

त्यस्तै चर्च र राज्यलाई पृथक राख्नुपर्ने एसडिपीको तर्क छ भने बेरोजगारीसम्बन्धी सुविधा कटौती हुने गरी सामाजिक कार्यक्रममा सुधार गर्न नहुने एसडिपीका नेताहरुले बताउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, सामान्य परिवारकी महिला सन्ना मरिन भाडाको अपार्टमेन्टमा आफ्नी समलिंगी आमा र आमाकी महिला पार्टनरसँग बस्छिन् । परिवारमा विश्वविद्यालय जाने उनी पहिलो सदस्य हुन् । मरिन आफ्ना पति मार्कस राकोनेन र एक सन्तानसँग बस्दै आएकी छन् । उनको २२ महिनाकी छोरी छिन् ।

सोमबार, मंसिर २३, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*