साफ यू-१८ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

खेल संवाददाता । काठमाडौं, २८ भदौ ।

आगामी असोजमा भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपको टाइसिट सार्वजनिक भएको छ । प्रतियोगिता असोज २ देखि ११ गतेसम्म हुनेछ र यसमा सार्क क्षेत्रका पाकिस्तान र श्रीलंकाबाहेक नेपाल, भारत, भुटान, बंगलादेश र माल्दिभ्ससमेत ५ टोलीको सहभागिता रहने भएको छ छ ।

स्मरणीय छ, पहिले सहभागी हुने जनाए पनि श्रीलंकाले अन्तिम समयमा नाम फिर्ता लिएपछि टाइसिट पुनः बनाइएको हो ।

प्रतियोगितामा सहभागी पाँच टोलीले एक अर्कासँग खेलेर पाएको अंकका आधारमा उपाधि विजेता, उपविजेता र तेस्रो स्थानको निर्णय हुने गरी लिग प्रणालीमा संचालन हुनेछ ।

प्रतियोगिताका लागि दुई वर्षअघि नेपालमा सम्पन्न साफ यू-१९ च्याम्पियनसिपको नतिजाका आधारमा टिमको र्‍याङकिङ गरिएको छ । नेपाल साफ यू-१९ विजेताको हैसियतले पहिलो श्रेणीमा छ ।

प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल असोज ४ गते आयोजक टोली भुटानविरुद्ध खेल्नेछ । त्यस्तै असोज ६ गते माल्दिभ्स, ९ गते बंगलादेश र ११ गते भारतविरुद्ध खेल्नेछ ।

२३ सदस्यीय नेपाली टोली

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय नेपाली यू-१८ फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक छिरिङ लोप्साङले गोलरक्षक अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

घोषित नेपाली टोली यसप्रकार छ–

गोलरक्षक– सन्देश गुरुङ, अभिषेक बराल र अर्पण कार्की

डिफेन्डर– सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बू, आकाश श्रेष्ठ, असिम भुसाल, विकास खवास, निराजन महर्जन र राजन गुरुङ

मिडफिल्डर– अशोक थापा मगर, अभिषेक रिजाल, एरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङदाङ्वे, राम ओजे, राजीव लोप्चन र दिनेश हेन्जन

फरवार्ड– धिरज श्रेष्ठ, रेजिन सुब्बा, प्रेजेन तामाङ र दिपेश आलेमगर ।

प्रमुख प्रशिक्षक– छिरिङ लोप्साङ
प्रशिक्षक– पुष्कर शाही
गोलकिपर प्रशिक्षक– मृगेन्द्र मिश्र
व्यवस्थापक– गणेश चन्द

   बुधबार, भदौ २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*