हुम्लामा जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘भाइरस’ !

 

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ ।

विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएको छ । सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ ।

जन्मिँदा ‘कोरोना’ को तौल दुई हजार पाँच सय ग्राम र ‘भाइरस’ को एक हजार सात सय ग्राम रहेको अनमी बोहराले जानकारी दिए । अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ । (रासस) 

सोमबार, १ वैशाख २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*