ह्विलचेयर क्रिकेटरलाई सरकारको सम्मान : जनही एक लाख दिने निर्णय

काठमाडौं, १४ पुस ।

सरकारले त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। सरकारको निर्णयबाट आफूहरु उत्साही भएको नेपाल ह्विलचेयर क्रिकेट संघले जनाएको छ।

‘ह्विलचेयरमा बसेर क्रिकेट खेल्नु नै साहसिक काम हो। त्यसमा पनि देशलाई उपाधि नै दिलाउनु त अझ प्रशंसाको विषय हो’, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘उहाँहरुले देशलाई दिनु भएको खुसी र देखाउनु भएको साहसको प्रशंसा गर्दै थप हौसला बढाउन सरकारले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो।’– अन्नपूर्ण पोस्ट

शुक्रबार, पुस १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*