खेल संवाददाता । काठमाडौं, १५ भदौ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुँदैछ ।
प्रतियोगिताको खेल काठमाडौंको चपलीहाइटस्थित चौर क्रिएस्नल फुटसल सेन्टर र बौद्वस्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा सञ्चालन हुनेछ ।
लिगमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पचास हजार पाउनेछ । उक्त प्रतियोगिताका लागि करिब रु ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
लिग प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनोटसमेत गरिने आयोजकले जनाएको छ । एएफसी फुटसल छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म हुनेछ ।
बिहीबार, भदौ १५, २०७४ मा प्रकाशित
Leave a Reply