सिरिज जित्दै भारतलाई ७१ वर्षमा अस्ट्रेलियामा पहिलो सफलता

SYDNEY, AUSTRALIA - JANUARY 07: India celebrate winning the series and the Border–Gavaskar Trophy during day five of the Fourth Test match in the series between Australia and India at Sydney Cricket Ground on January 07, 2019 in Sydney, Australia. (Photo by Matt King - CA/Cricket Australia/Getty Images)

सिड्नी, २३ पुस ।

टेस्ट क्रिकेटमा भारतले ऐतिहासिक सफलता हात पारेको छ। भारतले अस्ट्रेलियालाई उसकै घरेलु मैदानमा पहिलो पटक हराउँदै सफलता हात पारेको हो। अस्ट्रेलियामा टेस्ट खेल्न भ्रमण गर्न थालेको भारतले ७१ वर्षपछि पहिलो पटक जित हात पारेको हो। यसअघि भारतले अस्ट्रेलियामा टेस्ट सिरिज जित्न सकेको थिएन। अस्ट्रेलियाको भूमिमा टेस्ट शृङ्खला जित्ने भारत विश्वको पाँचौ र एशियाको पहिलो देश हो ।

सिड्नीमा भएको चौथो खेल बराबरीमा सकिएसँगै भारतले टेस्ट २–१ ले जित्न सफल भयो। पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो। मेलवर्नमा खेलिएको तेस्रो टेस्ट जित्दै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता लिइएको थियो।

सिड्नीमा पनि भारतले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो इनिङमा ७ विकेटको क्षतिमा ६ सय २२ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो।

जवाफी ब्याटिङ थालेको अस्ट्रेलिया ३ सय रनमा अलआउट हुँदा फलो–अनमा परेको थियो। चौथो दिन आइतबार अस्ट्रेलियाले दोस्रो इनिङ सुरु गरे लगत्तै वर्षाले खेल प्रभावित बन्यो। पाँचौ दिन पनि खेल हुन नसकेपछि चौथो खेल बराबरीमा सकियो भने सिरिज भारतले जित्न सफल भयो।

अन्तिम टेस्टको म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज पनि भारतका चेतेश्वर पुजारा भए। उनले सिरिजमा पहिलो, तेस्रो र चौथो टेस्टमा शतक प्रहार गरेका थिए। (एजेन्सी)
सोमबार, पुस २३, २०७५ मा प्रकाशित (Published on Monday, Jan 7, 2019)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*