अठारौँ राष्ट्रिय परेवा उडान प्रतियोगिता, उपाधि गोरखशम्शेरलाई

eQmk'/df ;DkGg !* cf}+ /fli6«o k/]jf p8fg k|ltof]lutfsf] pkfwL xft kfb}{ sf7df8f}+ 7d]nsf uf]/v zDz]/ /f0ff . /f0ffn] p8fPsf] kfFr j6f k/]jfn] @* 306f cf7 ldg]6 p8fg u/L k|yd ePsf] xf] . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर, २५ असार । अठारौँ राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौँ ठमेलका गोरखशम्शेर राणाले जितेका छन् ।

नेपाल परेवा उडान खेल सङ्घले आयोजना गरेको प्रतियोगितामा राणाले उडाएको पाँच वटा परेवाले २८ घन्टा आठ मिनेट उडान गरी प्रथम भएको हो ।

शनिबार भक्तपुरमा भएको प्रतियोगिताको समापन एवम् पुरस्कार वितरण कार्यक्रममा चार लाख मूल्य बराबरको केयुर रनिङ शिल्डको उपाधि राणालाई प्रदान गरिएको छ ।

रासस समाचारअनुसार, प्रतियोगितामा काठमाडौँ ठमेलका रवीन्द्र महर्जनको परेवाले कुल २१ घन्टा ४३ मिनेट उडान गरी दोस्रो भयो भने ठमेलकै पुष्प महर्जनले उडाएको परेवाले २१ घन्टा ३१ मिनेट उडान गरी तेस्रो भयो ।

विगत दुई महिनादेखि सञ्चालन भएको उक्त प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका गरी ३७ जना प्रतियोगी परेवासहित सहभागी भएका थिए ।

यसअघि भक्तपुर कौशल्टारका विनोद कुटु, भक्तपुरकै मधु घिमिरे र गोरख शम्शेरले एक–एक पटक केयुर रनिङ शिल्डको उपाधि हात पारेका छन् । यो शिल्ड आफूसँग राख्न प्रतियोगीले तीन वर्ष उपाधि जित्नुपर्ने हुन्छ ।

त्यसैगरी गत वर्ष स्थापना गरिएको विष्णुभक्त श्रेष्ठ उत्कृष्ट रनिङ शिल्डको उपाधि भक्तपुर बोडेका सञ्जय श्रेष्ठले हात पारेका छन् भने उत्कृष्ट परेवाको उपाधि पनि सञ्जयले नै हात पारेका थिए । उनको चिनी परेवा आठ घन्टा ३९ मिनट उडेको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विजयी सहभागीलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा टाउके, चिनी, तुनियाँ, कास्नी, काभरालगायत जातका परेवा उडाइएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*