अभिनेता प्रदीप खड्काको दसैं अनाथालयमा

कला संवाददाता । सर्लाही, १५ असोज ।

‘प्रेम गीत’ चलचित्रवाट चर्चामा आएका अभिनेता प्रदीप खड्काले यसपटकको दसैं पृथक ढंगले मनाएका छन् ।

गरिव र अनाथ बालबालिकाको घरमा कमै पुग्ने दसैंको खुशियाली यसपटक अभिनेता प्रदीप खड्का पुर्‍याउने प्रयास गरेका छन् । खड्काले यसपटक सर्लाहीमा रहेको द्धन्द पीडित बाल गृहमा रहेका बालबालिकाहरुलाई लत्ताकपडा र खाद्यन्न सामग्रीहरु दिएर उनीहरुमा दसैंको खुशियाली ल्याउने प्रयास गरेका छन् ।

दसैंको अवसरमा पाएको नयाँ लुगा र मिठा मिठा खाद्यन्नले उनीहरुमा दसैं आएको अभास भएको थियो ।

सर्लाहीमा रहेको चेतना सन्देश नेपालमा अहिले ४२ जना द्धन्द पिडित बालबालिकाहरुले आश्रय लिइरहेका छन् ।

खड्काका सहयोगीहरुका अनुसार अभिनेता खड्काले १ लाख रुपैंया भन्दा बढीको खाद्य सामग्री र लत्ताकपडा बाँडेका थिए ।

    आइतबार, असोज १५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*