कविता/मोना शेर्पा
यात्रा सधैँ सहज कहाँ हुन्छ र साथी ?
सहज सीधा बाटो आफैँमा कठिन अपेक्षा अनि
बाटो घुमाउरो हुन्छ, तब रोचक पनि
संघर्ष त्यसको अर्को नाम अनि ।
नडुबी तैरिन कसले सिकेको होला र ?
नहारी जीतको महत्व कहाँ बन्छ र
नआँटी प्राप्ति कसले पाउने कल्पना गर्न सक्छ
नखुम्चिई फैलिनुको आवश्यकता कहाँ हुन्थ्यो ।
हौसलाले नै गति दिन्छ साथी
बोझले औधी लादिएको क्षणमा पनि
गर्वको महसुस दरिलो बन्छ जब
ठक्करको सजायँ गहन हुन्छ भने ।
यात्रा अक्सर सुगम हुन्न साथी
तर नझुकी जीवनमा डटिराख है,
सफलता पस्किएर आउँदैन है थालीमा साथी
पीडादायक यात्रापछिको अनुभवमा भने पक्कै पनि ।
बिहानीको घाम प्यारो हुन्छ अनि न्यानो पनि
चिसो रातबाट बतासिएर निस्किएपछि
असहज यात्राले नै टुंगोमा पुर्याउँछ साथी
विश्वास गर अनि सार आँटिला पाइला
बुलन्द आवाज लिई ।
मंगलबार, साउन १०, २०७४ मा प्रकाशित
Wow Mona! your this side is as beautiful as you are! My best wishes 🙂