आत्महत्या गर्न उक्साउने भिडियो गेम दक्षिण एसिया भित्रियो

काठमाडौं, १९ साउन । रुसमा निर्माण भएको एक खतरनाक भिडियो गेमले दक्षिण एसियामा प्रवेश गरेको छ । यो भिडियो गेमले बालबालिकालाई उक्साएर आत्महत्या गर्न लगाउने समेत गरेको छ ।

‘द ब्लु ह्वेल च्यालेन्ज’ नाम रहेको यो खेल इन्टरनेटमार्फत् खेल्ने गरिन्छ । तर यस खेलको नियम अरू खेलको जस्तो भने छैन । जानकारहरूका अनुसार यो खेलको प्रत्येक लेभल चुनौतीले भरिएको छ । गेमको एडमिनले ५० दिनको समय दिएर कुनै एउटा लेभल पूरा गर्ने चुनौती दिने गर्छन् । यो क्रममा गेम समाप्त गर्न नसकेमा हातलाई ब्लेडले काटेर पठाएमा लेभल पूरा गराउने जस्ता किसिमका प्रलोभन दिने गर्छन् ।

लेभल पूरा गर्ने लोभको प्रलोभनमा पर्दै जादा“ बालबालिकाले आत्महत्यासम्मको कार्य गर्न पनि प्रेरित हुने गरेको देखिएको छ । यसका लागि आत्महत्याका उपायहरू पनि बताउने गरेका छन् जसमा अग्लो भवनको छतबाट हाम फाल्नुअगाडि केही फोटोहरू खि“चेर साथीहरूलाई पठाउनुसमेत रहेको छ । बालमनोविज्ञानको फाइदा उठाएर आत्महत्या गर्न उक्साउने यो भिडियो गेम खेलेर विभिन्न देशमा गरी अहिलेसम्म १ सय ३० जनाले आत्महत्या गरिसकेका छन् ।

मुम्बईका एक बालकले हालै सोही खेल खेलेर आत्महत्या गरेपछि यो खेल दक्षिण एसियाली क्षेत्रमा पनि प्रवेश गरेको देखिएको हो । तर यो खेलमा कति बालबालिकाहरू लागेका छन् भन्ने कुरा पुष्टि हुनसकेको छैन । मुम्बईमा आत्महत्या गर्ने बालकका साथीहरूका अनुसार उसले ‘द ब्लु ह्वेल च्यालेन्ज’ नामक भिडियो गेम खेल्ने गरेको बताए । ती बालकले आफ्ना अनलाइन साथीहरू रसियाको धेरैजना भएको हु“दा आफू कुनै दिन रसिया जाने बताउने गरेका थिए ।

ती बालकले आफू बसेको घरको सातौं तल्लाबाट हाम फालेर आत्महत्या गर्नुअगाडि केही फोटोहरू खि“चेर आफ्ना साथीहरूलाई ह्वाट्स एप मार्फत पठाएका थिए भने साथीहरूलाई दुई दिनअगाडि नै अब स्कुल नआउने बताएका थिए । प्रारम्भिक छानविनको क्रममा ती बालकले गुगल मार्फत आत्महत्याका तरिकाहरू पनि सर्च गरेको पाइएको मात्र जनाइएको छ ।

सन् २०१३ मा रसियाका फिलिप बुडेकिनले यो भिडियो गेमको निर्माण गरेका थिए । यो खेल खेलेर केही व्यक्तिहरूको मृत्यु भएपछि सन् २०१५ मा मात्र यस खेलका कारण बालबालिकाहरूले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक भएलगत्तै प्रहरीले फिलिपलाई पक्राउ गर्यो । अदालतको सुनवाइमा उनले यो भिडियो गेम निर्माणको उद्देश्य नै समाजको सफाइ गर्ने रहेको बताएका थिए । उनका अनुसार, आत्महत्या गर्नेहरू सबै ‘बायो वेष्ट’ हुन् ।

गेमभित्र के के छ ?
१ . नाडीमा ब्लेड वा धारिलो वस्तुले काट्नु ।
२. बिहान ४ः२० बजे उठेर तर्साउने किसिमका फिल्म हेर्नु ।
३. पाखुरामा धेरै गहिरो नहुने गरेर तीनपटक धारिलो वस्तुले काट्नु ।
४. ह्वेल माछाको चित्र सादा कागजमा बनाउनु ।
५. ह्वेल बनाउन सक्ने भएमा हो वा नसक्ने भएमा होइन लेख्नु ।
६. कोड भाषामा केही लेख्ने ।
७ नाडीमा गहिरो ढंगले कोरेर ‘एफ फोर्टी’ लेख्नु ।
८. स्ट्याटसमा ‘आई एम ह्वेल’ लेख्ने ।
९. आफ्नो डरलाई हटाउ“दै लैजाने ।
१०. बिहान ४ः२० बजे उठेर घरको छतमा जाने ।
११. शरीरको कुनै भागमा कोतरेर ह्वेलको आकृति बनाउने ।
१२. दिनभरी तर्साउने भिडियो हेरेर बस्ने ।
१३. पठाएको भिडियो हेरेर बस्ने ।
१४. आफ्नो आेंठलाई काट्ने ।
१५. नाडी वा पाखुरामा सियोले घोच्ने ।
१६. आफ्नो शरीरमा चोट पु¥याउने ।
१७. घरको छतमा जाने र उक्त छतको छेउमा गएर उभिने ।
१८. पुलमा एक्लै जाने ।
१९. क्रेनमा चढ्ने ।
२०. आफै“मा विश्वास हुने किसिमका काम गर्ने ।
२१. स्काइपमा कुनै अरू ह्वेल प्रयोगकर्तास“ग कुराकानी गर्ने ।
२२. छतमा गएर खुट्टालाई झारेर बस्ने ।
२३. गेमको कोडमा काम गर्ने ।
२४. सेक्रेट मिसन ।
२५. ह्वेलस“ग भेट्ने ।
२६. आत्महत्याको मिति तय गरेर उक्त कार्यलाई स्वीकार गर्ने ।
२७. बिहान ४ः२० बजेर उठेर रेलमा जाने ।
२८. कसैस“ग कुराकानी नगर्ने ।
२९. तिमी ह्वेल हौ भनेर सपथ लिने ।
३०–४९ . प्रत्येक दिन बिहान ४ः२० बजे उठ्ने, भूतका फिल्महरू हेर्ने, संगीत सुनेर एकपटक शरीरको कुनै भागबाट रगत निकाल्ने ।
५०. घरको बार्दली, छतबाट हाम फाल्ने, रेलको तल गएर आफै“लाई कुल्चाउने वा विषालु पदार्थ सेवन गरेर आत्महत्या गर्ने ।

पत्ता लगाउने तरिका
अहिले स्मार्ट फोनको जमाना छ । त्यसकारण बालबालिका पनि स्मार्टफोनका धेरै फङसनहरू चलाउन स्मार्ट भैसकेका छन् । यस्तो अवस्थामा अविभावकहरूले आफ्ना छोराछोरीहरूले चलाउने गरेको स्मार्ट फोनलाई बेलाबेलामा निरीक्षण गर्ने गर्नुपर्छ ।

यो गेम गुगलको प्ले स्टोर र आइओएसमा छैन । त्यसकारण सामान्य व्यक्तिले सजिलै स्मार्टफोनमा डाउनलोड गर्न सक्दैनन् । तर स्मार्ट फोनमा भएका केही सेटिङहरूलाई परिवर्तन गरेर अन्य माध्यमबाट यो गेमलाई डाउनलोड गरिरहेका हुन्छन् ।

आफ्नो बच्चाले चलाउने गरेको स्मार्ट फोनको सेटिङलाई बेलाबेलामा चेक गर्नु पर्छ । उनीहरूले कुनै गेमलाई हाइड गरेर पनि राखेका हुन्छन् । यसका लागि उनीहरूले एप हाइड गर्ने एपको प्रयोग पनि गरेका हुनसक्छन् ।

यस्तो अवस्थामा प्ले स्टोरको मेन्यूमा गएर माइ एप एनड गेममा गएर चेक गर्न सकिन्छ ।

योबाहेक स्मार्ट फोनको सेटिङ–डिभाइस–एपमा गएर कुनै एप हाइड वा लक गरेको छ कि छैन भनेर चेक गर्ने ।

सेटिङ– डिभाइस–एपमा गएर उक्त एपलाई खोल्ने अनि फोर्स स्टप गर्दा यसको लक डिलिट हुन्छ ।

तर ब्लू ह्वेल च्यालेन्ज गेम भने एपिके फाइलको सहयोगमा स्मार्ट फोनमा इन्स्टल गर्छन् । यस्तो किसिमले गेम डाउनलोड गर्न दिने धेरै साइटहरू छन् । यस्तो फाइललाई एण्ड्रोइड अपरेटिङ सिस्टमले लि“दैनन् । यस्तो अवस्थामा उनीहरूले सेटिङ–अननोन सोर्सको अप्सन लिएर प्रयोगकर्ताले अन गरेर यस्ता किसिमका गेमहरूलाई डाउनलोड गर्छन् ।

त्यसैले आफ्ना बालबालिकालाई स्मार्ट फोन र ट्याबको प्रयोगबाट टाढै राख्नु सबैभन्दा राम्रो उपाय हो । यदि उनीहरूलाई चलाउन दिने नै हो भने आफ्नो निरीक्षणमा राखेर खेल्ने वातावरण बनाउनु सबैभन्दा राम्रो उपाय हुने देखिन्छ । (एजेन्सी/केन्द्रबिन्दु)

       बिहीबार, साउन १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*