मलासी ४ हजार ४ सय १८ मत ल्याएर नगरपालिकाको मेयरमा विजयी बनेकी हुन् । उनलाई सुरुदेखि नै पछ्याएका नेपाली कांग्रेसका बाजीसिंह खड्का (विजय) ४ हजार १ सय ५२ मा सीमित भए ।
यहाँ माओवादी केन्द्र तेस्रो भएको छ । माओवादी केन्द्रका उम्मेदवार प्रेमवहादुर नेपालीले मात्रै सात सय ३७ भोट पाएका छन् ।
उपमेयरमा नेकपा एमालेकै शिवराज खडकाले जित दर्ता गराएका छन् । खडकाले ४ हजार ५ सय ३६ मतका साथ जित दर्ता गराएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रशिष महराले चार हजार ९३ मत प्राप्त गरेकी छन । माओवादी केन्द्रको उपमेयर उम्मदवारलाई यहाँ मात्रै पाँच सय ८६ भोट परेको छ ।
शनिवार राति अबेर घोषणा भएको मत परिणाम अनुसार, नगरपालिकाका नौ वडाहरुमध्ये पाँच वडामा एमाले विजयी भएको छ । वडा नं. १, ५, ६, ७ र ९ मा एमाले विजयी भएको हो । अन्य वडाहरुमा भने कांग्रेसको पल्लाभारी भएको छ । यो नगरपालिकामा २०५४ सालमा पनि एमाले विजयी भएको थियो । –रामहरी ओझा/अनलाइनखबर
असार १८, २०७४ मा प्रकाशित
Leave a Reply