कान्ति बाल अस्पतालमा नर्सको अभाव

काठमाडौं, ११ कात्तिक ।

बालबालिकाहरूको केन्द्रीय अस्पताल ‘कान्तिबाल अस्पताल’मा नर्स अभावका कारण आईसीयू सञ्चालन हुनबाट रोकिएको छ ।

देशभरबाट रिफरल सेन्टरको रूपमा स्थापित कान्तिबाल अस्पतालमा हाल ५२ वटा आईसीयू (सघन कक्ष) बेड रहे पनि नर्स अभावमा ३६ वटा मात्र सञ्चालनमा ल्याइएको छ ।

बाउन्न बेड आईसीयू सञ्चालन गर्नका लागि अझै कम्तीमा पनि २२ जना नर्सको आवस्यकता रहेको भन्दै अस्पतालका निर्देशक डा. गणेशकुमार राईले भइरहेको दरबन्दी पनि खाली रहेकोले आईसीयु सञ्चालन गर्न बाधा भइरहेको बताए ।

अस्पतालका निर्देशक डा. राईले कान्तिबाल अस्पतालमा आईसीयू मिलाउनका लागि नेता देखि उच्च ओहोदाका व्यक्तिको समेत फोन आउने गरेको गुनासो गर्दै कान्तिमा जहिले पनि आईसीयू खाली नहुने बताए ।

बालबालिकाको केन्द्रीय अस्पताल भएकाले देशभरबाट यही रिफर गरिन्छ निर्देशक डा. राईले थपे “यहाँ आईसीयूको प्रशस्त बेड नहुँदा सर्वसाधरणले निजीमा गएर आईसीयूमा महँगो शुल्क तिरिरहनुपरेको छ । ”

नेपाल सरकारतर्फ ८४ जना दरबन्दी रहे पनि हाल सात जना नर्सको दरबन्दी खाली रहेको उल्लेख गर्दै निर्देशक डा. राईले स्वास्थ्य मन्त्रालयले सात जना नर्सिङ स्टाफ पठाएमा सञ्चालन भइरहेको ३६ वटा आईसीयूलाई बढाएर ४० वटा आईसीयू बेड सञ्चालन गर्न सकिने बताए । – गोरखापत्रबाट

शनिबार, कात्तिक ११, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*