गाईभैँसीलाई पनि सुत्केरी भत्ता !

काठमाडौं, १० साउन । लमजुङमा गाईभैंसीलाई पनि सुत्केरी भत्ता दिन थालिएको छ ।

पुश स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्ताले किसानलाई खुसी बनाएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

जिल्ला पशु सेवा कार्यालय लमजुङले जिल्लाका ५० वटा गाईभैंसीलाई दुई हजार पाँच सय रुपियाँका दरले सुत्केरी भत्ता दिएको हो ।

आ.व.२०७३/७४ मा पहिलोपटक ५० वटा गाईभैंसीले यस्तो सुविधा पाएका हुन् ।

आफ्नो गोठमा उत्पादन गरिएको उन्नत नश्लको बाच्छी पाडीको पहिलो बेतमा यो सुत्केरी भत्ता दिइएको हो ।

    मंगलबार, साउन १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*