चिडियाघरका बाघ पनि शनिबार निराहार व्रत बस्छन् !

काठमाडौं, २९ असार । चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् ।
बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६–६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन् ।

सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ ।

३८ वर्षदेखि जिवकिपरको काम गर्दै आएका महर्जनको भनाइ आजको राजधानी दैनिकले यसरी उद्धृत गरेको छ, ‘उनीहरुको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको छ ।’

    असार २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*