चीनमा नेपाली विद्यार्थी उत्कृष्ट

काठमाडौं, १८ असार । चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी लफ साइन्सेस (युकास) अन्तर्गतका इन्स्टिच्युटबाट पीएचडी गरेका पाँच नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् ।

विज्ञान विषयमा युकास चीनकै सबैभन्दा उत्कृष्ट शैक्षिक संस्था हो । चीनका विभिन्न स्थानमा उक्त विश्वविद्यालयका सयौं इन्स्टिच्युट छन् ।

युकासको वेइजिङ इन्स्टिच्युटबाट भूगोलमा पीएचडी गरेका बसन्त पौडेलले तीन वटा अवार्ड हात पारेका छन् ।

सन् २०१७ मा यो अवार्ड हात पार्ने उनी एक मात्र विदेशी हुन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा  छ ।

    असार १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*