छोरी जन्मिएपछि कुटपिट गर्दै घर निकाला

कपिलवस्तु, १५ साउन । छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन् ।

‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे,’ खातुनले दुःखेसो पोखिन् । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाइन्।

‘बच्चा जन्मिनुअघि देखि नै छोरी जन्मिए गाह्रो हुन्छ, तँलाई पनि दुःख हुन्छ भन्दै मानसिक तनाव दिन्थे,’ उनले भनिन्,‘छोरी जन्मिएमा तँ सुखले बस्न पाउदिनस् भन्थे।

गत बुधबार साँझ गाउँको विवाह कार्यक्रममै श्रीमान दिलसार खान र ससुरा इजहार खाँले मिलेर कुटपिट गरेको उनका बाबु लइस पठानले बताए। लाठी मुक्का र लठ्ठीले कुटपिट गरी गम्भीर घाइते बनाएको उनले बताए।

सविनाको दायाँ गाला सुन्निएको छ, हातमा चोट छ, कान, पिठ्यू र शरीरका विभिन्न भागमा चोट छ। गम्भीर घाइते उनलाई माइतीले तत्कालै तौलिहवा अस्पताल पुर्‍याएको थियो। –मनोज पौडेल/कान्तिपुर

         आइबार, साउन १५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*