जनावरबाट मानिसले यी कुरा सिक्दा कति राम्रो…….

काठमाडौं, ३२ साउन  ।

हामीमध्ये कसैले कुनै काम बिगारेमा कुनै पशुको नाम लिएर ‘कस्तो फलानो पशु जस्तो बानी भएको’ भनेर गाली गर्ने गर्छाैं तर हामीले तिनै पशुहरूमा रहेका कतिपय राम्रा गुणहरूको सानो अंशलाई पनि आफ्नो दैनिक व्वहारमा लागू गर्र्यौ भने हामीले आफ्नो जीवनलाई धेरै सु्खद बनाउन पनि सक्छौं ।

काँचो खाने :

शकाहारी पशुहरूले सधैं ताजा खानेकुरा खाने गर्छन् । हरियो खानेकुरालाई उनीहरू स्टोर गरेर बासी बनाएर पनि खाने गर्दैनन् । योबहेक त्यस्ता खानेकुरालाई स्वादिलो बनाउन विभिन्न किसिमका मसला वा केमिकलहरूको पनि प्रयोग गर्दैनन् ।

त्यसैले हामीले पनि आफूले खाने गरेको हरियो खानेकुरालाई काँचो खाने गर्नुपर्छ । आफूले खाने गरेको खानेकुरामा हरियो सागसब्जी, सलाद, कंदमूल र ड्राइफ्रुट्सलाई बढी सामेल गर्नुपर्छ । जसले गर्दा हाम्रो शरीरले आवश्यक पौष्टिक तत्वहरू प्राप्त गर्न मद्दत मिल्छ ।

प्रकृति प्रेमी :

तपाईंहरूले धेरै जनावरहरूलाई देख्नु भएको होला, खुला वातावरणमा उनीहरू निकै रमाउने, कुद्ने र साथीहरू पाएमा खेल्ने पनि गर्छन् । जनावरहरू खुला वातावरण र पानीको स्रोत भएको ठाउँमा बढी रमाउने गर्छन् । त्यसैले हामीले पनि खुला हावा पाइने स्थानमा बढी समय व्यतीत गर्ने बानी बसाल्नु पर्छ । त्यस्तो स्थानको अभाव छ भने घरका झ्याल ढोकालाई सुरक्षाको दृष्टिकोणले हेरेर खुला राख्ने गर्नुपर्छ । खुला हावाले तपाईंलाई शरीरमा लाग्न सक्ने धेरै किसिमका रोगहरू निदान पनि गर्नसक्छ ।
स्ट्रेस फ्री लाइफ :

जनावरहरू कुनै पनि कुरालाई कमै तनाव लिने स्वभावका हुन्छन् । उनीहरू आफ््नो लाइफलाई भरपूर आनन्द गरेर बिताइरहेका हुन्छन् । त्यसैले हामीले पनि स–साना कुराहरूमा बढी तनाव लिने गर्नु हुँदैंन । बढी तनाव लिनाले शरीरमा रगतको सर्कुलेसनमा प्रभाव पर्छ जसको कारण मुटुसँग सम्बन्धित विभिन्न समस्याहरू देखा पर्नसक्छन् ।

एक्सरसाइज :

तपाईंले कुकुर वा बिरालो जस्ता जनावरलाई घरपालुवा जनावरको रूपमा पाल्नुभएको छ भने बिहान उठ्ने बित्तिकै उनीहरूको क्रियाकलापलाई एकपटक हेर्नुभएको छ ? यी जनावरहरू उठ्ने बित्तिकै आफ्नो शरीरलाई स्ट्रेचिङ गर्ने गर्छन् । उठ्ने बित्तिकै शरीर तन्काउने भएरै उनीहरूको शरीर हेल्दी भैरहेको हुन्छ ।

योबाहेक उनीहरूको दिनभरको गतिविधि चलायमान हुने हुनाले पनि उनीहरू थप स्वस्थ हुने गर्छन् । हाम्रो दैनिक गतिविधि जनावरहरूको जस्तो दिनभर चलायमान नहुन सक्छ । त्यसैले बिहान उठ्ने बित्तिकै सधैं स्ट्रेचिङ हुने किसिमका कसरतहरू गर्नुपर्छ । दिनभर आफ्नो शरीरलाई बढी चलायमान बनाउनु पर्छ । सकिन्छ भने दिनभर एक्टिभ हुने किसिमका काम गर्नु राम्रो मानिन्छ ।(केन्द्रबिन्दुको सहयोगमा)

           बुधबार, साउन ३२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*