नेपाली काँग्रेसको निष्कर्ष : वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु बालुवाटारमा शुक्रबार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्दै । तस्बिर : रोशन सापकोटा/रासस

संवाददाता । काठमाडौं, २१ असोज ।

नेपाली काँग्रेसले वाम एकता र ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अबेर साँझ बसेको केन्द्रीय समिति बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को निर्वाचन तालमेलले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएको अवस्थामा विगतको समझदारीविपरीत मुलुकलाई वैचारिक ध्रुवीकरणतर्फ लगेको ठहर गरेको छ ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै बैठकले दलीय सहमतिअनुरुप प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सबै जुट्नुपर्ने बेला मुलुकलाई आवश्यक नै नभएको वाम एकताले लोकतन्त्रमाथि नै संकटका रूपमा लिएको जनाएको छ ।

संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ काँग्रेस र (माओवादी केन्द्र) लगायतका राजनीतिक दलबीचको सहकार्यलाई अगाडि बढाइ संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भइरहेको अवस्थामा हठात् माओवादी केन्द्रको एमालेसँग चुनावी तालमेल गर्ने निर्णयलाई काँग्रेसले अस्वाभाविक रूपमा लिएको जनाएको छ ।

साथै, एमाले र माओवादी केन्द्रबीच भएको छ बुँदे सहमतिले सरकारको वर्तमान गठबन्धन निर्माण गर्दा भएको तीन बुँदे सहमति माओवादी केन्द्रले तोडेको पनि बैठकले ठहर गरेको छ ।

nc meeting

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधान कार्यान्वयन, राष्ट्रिय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई समृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दा पनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भावसमेतलाई कमजोर पार्नेतर्फ उन्मुख हुँदै आएको नेकपा ९एमाले०सँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रूपमा धु्रवीकरणतर्फ धकेलेको छ ।”

लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सिर्जना गर्दै आम जनताको पहुँचमा पुर्याउने सोचलाई कमजोर पार्ने प्रवृत्तिलाई दृढताका साथ नेपाली काँग्रेसले सामना गर्दै अघि बढ्ने जनाएको छ ।

शान्ति प्रक्रियाबाट विकसित भएको नेपालको राजनीति सहमति, सहकार्य र मेलमिलापको कार्यदिशाबाट संविधानको कार्यान्वयनसम्म आइपुगेको तथ्य सर्वविदितै रहेको भन्दै काँग्रेसले यही बाटोबाट नै देशमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धि हुनसक्छ भन्ने दृढता व्यक्त गरेको छ ।

विकसित परिस्थितिबाट काँग्रेस विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै यस बाटोमा समान सोच राख्ने सबैसँग सहकार्य गर्न सदैव तत्पर रहेको पनि काँग्रेसले जनाएको छ ।

बैठकले राष्ट्रियता, लोकतान्त्रिक मूल्य र मान्यतामाथि हुन थालेको आक्रमणलाई दृढताका साथ सामना गर्दै एकताबद्ध भएर उच्च मनोबल र सक्रियताका साथ आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन आफ्ना कार्यकर्ता, शुभचिन्तक र समर्थक सबैमा आह्वानसमेत गरेको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु बालुवाटारमा शुक्रबार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्दै । तस्बिर : रोशन सापकोटा/रासस
ने. काँ. सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु बालुवाटारमा शुक्रबार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्दै । तस्बिर : रोशन सापकोटा/रासस

मुलुकमा अस्वाभाविक घटनाक्रमबाट विकसित परिस्थितिमा प्राप्त उपलव्धिको संरक्षण र संवद्र्धन गर्न तथा घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको कार्यान्वयन तथा राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउने राष्ट्रिय दायित्व आफ्नो काँधमा आएको भन्दै काँग्रेसले देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकताअनुसार चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले आगामीे निर्वाचनमा उम्मेदवारको छिनोफानो गर्नलाई संसदीय बोर्ड बनाउने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार, निर्वाचनसम्बन्धी मापदण्ड बनाउँदै गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका, विद्रोही उम्मेदवार भएका र विद्रोही उम्मेदवारको प्रस्तावक र समर्थक भएका व्यक्तिलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अवसर नदिने निर्णय गरेको छ ।

त्यस्तै, रुपान्तरित व्यवस्थापिका–संसद्मा समानुपातिक सांसदका रूपमा रहेका नेतालाई पनि नदोहोर्याउने निर्णय भएको नेता घिमिरेले बताए ।

स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका व्यक्तिलाई पनि अबको निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय भएको काँग्रेसले जनाएको छ ।

घोषणापत्र तयारीबारे छलफल

यसैगरी राससले जनाएअनुसार, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७४ नेपाली काँग्रेस केन्द्रीय घोषणापत्र तयारी समितिले शुक्रबारै पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा बुद्धिजीवीसँग सुझाव संकलन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित सुझाव संकलन कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्य, जिल्ला सभापति, सांसद, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी, पूर्वराजदूत, पूर्वप्रशासक, वरिष्ठ पत्रकार, उद्योगपतिलगायत बुद्धिजीवीको सहभागिता थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले घोषणापत्र तयारीका सन्दर्भमा संक्षिप्त प्रकाश पार्दै सुझाव र सल्लाहका लागि आग्रह गरेका थिए ।

नेपाली काँग्रेस केन्द्रिय घोषणापत्र तयारी समितिद्वारा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा शुक्रबार आयोजित सुझाव संकलन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु । तस्बिर : नवीन पौडेल/रासस
नेपाली काँग्रेस केन्द्रिय घोषणापत्र तयारी समितिद्वारा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा शुक्रबार आयोजित सुझाव संकलन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु । तस्बिर : नवीन पौडेल/रासस

शनिबार, असोज २१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*