नेपाली ज्योतिषी हरिहरलाई ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड

काठमाडौं, २० भदौ ।

नेपालका युवा ज्योतिषी हरिहर अधिकारीले ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड प्राप्त गरेका छन् । यो अवार्ड पाउने अधिकारी नेपालका पहिलो ज्योतिषी हुन् ।

एसियन एस्ट्रोलोजर कँग्रेसको आयोजनामा इन्डोनेसियाको बालीमा भएको १८ औँ सम्मेलनको अवसरमा अधिकारीले यो अवार्ड प्राप्त गरेका हुन् ।

अधिकारीले नेपालमा रहेर ज्योतिषशास्त्रमा पुर्याएको योगदान र अनुसन्धानलाई कदर गर्दै अन्तराष्ट्रिय हिन्दु पुजारी पण्डित डा। भी रमेश शास्त्री र बाली सँस्कृत इन्स्टिच्युटका डाइरेक्टर वेद व्रम्हा श्री डा। रमेश शास्त्री गुरुजीले अवार्ड प्रदान गरेका हुन ।

सम्मेलनको क्रममा अधिकारीले आफ्नो शोधपत्र समेत प्रस्तुत गरेका थिए । उनले ‘आत्महत्या’को विषयमा शोध गरेका थिए । ‘मैले आत्महत्याको सोँच आउनुमा ग्रहदोश हुन्छ कि हुँदैन रु भन्ने विषयमा शोधपत्र प्रस्तुत गरेको थिएँ ।’ अधिकारीले भने, ‘जुरीले मलाई उत्कृष्ट ठहर गर्दै यो अवार्ड प्रदान गरेको हो ।’

अधिकारी सहित यो अवार्डका लागि ५ जनाको मनोनयन परेको थियो । भारतका दुईजना, बंगलादेशका १ जना र मलेसियाका १ जनालाई पछि पार्दै अधिकारीले अवार्ड प्राप्त गरेका हुन् ।

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै अधिकारीले भने ‘यो अवार्ड म सँगै नेपालकै लागि पनि विशेष हो । यसले नेपालका ज्योतिषी, वास्तुशास्त्रीहरुलाई अन्तराष्ट्रियकरण गराउन अझै योगदान दिने मैले ठानेको छु ।’

एसियन एस्ट्रोलोजर कँग्रेसका अनुसार यो अवार्ड पाउने अधिकारी दोस्रो व्यक्ति हुन् । यसअगाडि कँग्रेसको तेस्रो सम्मेलनको क्रममा भारतको तर्फबाट त्यहाँका एक ज्योतिषीले यो अवार्ड प्राप्त गरेका थिए ।

इन्डोनेशियाको बालीमा भएको यो सम्मेलन आइतबारदेखि शुरु भएको हो । सम्मेलनमा भारत, नेपाल, मलेसिया, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगायतका देशहरुबाट ज्योतिष, वास्तुविद र तान्त्रिकहरुले सहभागिता छ । (एजेन्सी)

     मंगलबार, भदौ २०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*