पत्रकार महासंघमा नयाँ नेतृत्वको पूर्ण विवरण

काठमाडौं, ७ भदौ ।

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

आचार्यले ७३२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार थिए ।

विजयी भएपछि उनले महासंघका प्रतिनिधिले दिएको अभिमतलाई सम्मान गर्दै महासंघको साझा छवि कायम राख्न सबै पक्षसँग मिलेर काम गर्ने बताएका छन् । महाधिवेशन यही भदौ ४ र ५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको थियो ।

पदाधिकारीहरूमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरूमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ । कुल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।

निर्वाचित पदाधिकारीहरूमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एसोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र छन् । यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुभएका छन् ।

भूगोलतर्फ केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट सटेन्द्र जबेगु र उद्धव तिमिल्सिना प्रदेश नं २ बाट देवराम यादव र शैलेन्द्र झा, प्रदेश नं ३ बाट द्वारिका काफ्ले, कृष्ण गिरी, प्रदेश नं ४ बाट रामकृष्ण ज्ञवाली र नवीन कुइँकेल, प्रदेश नं ५ बाट बसन्त गिरी र पुरुषोत्तम सुवेदी, प्रदेश नं ६ बाट कलेन्द्र सेजवाल, पूर्णप्रसाद चौलागाईं, प्रदेश नं ७ बाट मीन बम तथा बराबर मत ल्याई आधा÷आधा कार्यकालका लागि उत्तर विष्ट र श्याम भट्ट विजयी भए । यस्तै काठमाडौँ उपत्यकाको केन्द्रीय सदस्यमा गोविन्द चौलागाई र लेखनाथ न्यौपाने, प्रतिष्ठानमा टीकाराम प्रधान र यम बिरही विजयी भएका छन् ।

खुल्ला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही नकुल अर्याल, लक्ष्मण कार्की, हरिहर सिंह राठौर, महिलामा जानुका बराल, सिर्जना अर्याल र श्वेता सिन्हा, दलितमा गोपाल बराइली, मधु शाही, आदिवासी÷जनजातिमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेसीमा अवधेशकुमार झा र सुरेशकुमार यादव, अपांगतामा माधव चम्लागाईं, अल्पसंख्यकमा छेटु शेर्पा विजयी भएको घोषणा निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले गरेका थिए ।

लेखा समिति सदस्यमा भूपेन्द्र आचार्य र मीरा राजभण्डारी निर्वाचित भए । महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सम्भवतः यही शुक्रबार नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरिने बताए ।

   बुधबार, भदौ ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*