हेटौंडा, २१ असार । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ती गरेको भन्दै हेटौंडाका उपमहागरपालिकाका मेयर पदका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।
मंगलबार हेटौडा पाँच स्थित सानोपोखरामा मेयर पदमा उम्मेदवार राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् ।
२०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा संविधान कार्यान्वयनका लागि भएको स्थानीय तह निर्वाचनमा उनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
हेटौंडा–२ का शर्माले आफूलाई आफैले हालेको मतमसमेत मतगणनाको बेला हराएपछि चर्चाको विषय बनेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
असार २१, २०७४ मा प्रकाशित
Leave a Reply