पूर्वसांसद वीरबहादुर सिंहको उपचार क्रममा निधन

काठमाडौं, १२ भदौ ।

नेकपा (एमाले) का पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा निधन भएको छ । उहाँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राती निधन भएको हो ।

मिर्गौलामा समस्या देखिएपछि उहाँलाई दुई हप्ताअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

 

bir bahadur singh at hospital

                                                     अस्पतालमा उपचाररत रहेको समयमा

विसं १९९७ मंसिर १ गते प्युठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको संगठित सदस्य हुनुहुन्थ्यो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बस्नुभएका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सरिक हुनुहुन्थ्यो ।

उहाँका तीन छोरा र दुई छोरी छन् ।

उहाँका छोरा अजय सिंहका अनुसार, नेता सिंहको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज सोमबार अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा राखिनेछ र आजै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने राससले जनाएको छ ।

 सोमबार, भदौ १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*