प्रचण्डको बुहारी भन्छिन्– ‘खर्च अभावले चुनाव लडिनँ’

पोखरा, १८ असोज ।

साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे ।

उनको भनाइलाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँट नगर्दा हुन्छ ।

त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले इच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाइनन् ।

असोज ४ र ५ मा माओवादीको कास्की क्षेत्र नम्बर ३ को बैठक बसयो बैठकको उद्देश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदवार सिफारिस गर्नु थियो ।

सिर्जना मतदाता रहेको क्षेत्र ३ क बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुईटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो ।

उनले स्वेच्छाले उम्मेदवारी दर्ज गर्ने निर्णय गरेकी थिइन् ।

तर अन्तिममा आएर उनी ब्याक भइन । उनी पछि हट्नको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव ।

अहिले जोसंग पैसा छ, त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्, दसैं मनाउन हेम्जास्थित माइतीघर आइपुगेकी उनले भनिन्, ‘मेरो आर्थिक कमजोर छ ।’

पार्टीको केन्द्रीय सदस्य उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । –कान्तिपुर

    बुधबार, असोज १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*