प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन : १ करोड ५४ लाख २७ हजार मतदाता

काठमाडौं, १८ असोज ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् ।

मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारवाही अघि बढाइरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार मतदाता नामावाली स्वीकृत गरेको हो । –नागरिक

   बुधबार, असोज १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*