प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी !

तस्बिरः नेपाल प्रहरी

काठमाडौं, १ भदौ ।

छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआइजी हुन्  । तर, यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्।

काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआइजीको फुली लगाएर एसएसपीको भूमिकामा छन्।

काठमाडौं परिसरमा रहेका प्रधुम्न कार्की बढुवा भएर एसएसपी भए। उनी पनि एसएसपीको फूली लगाएर एसपीको काम गरिरहेका छन्। एसएसपी प्रमुख हुने महानगरीय अपराध महाशाखाका प्रकाशजंग कार्कीले पनि एसएसपीको फूली लगाएर एसपीको भूमिका निर्वाह गरिरहेका छन्। अहिले महाशाखामा एसएसपी दिनेश अमात्य प्रमुख छन्।

हालै एआइजिपीमा बढुवा भएका ११ जना मध्ये अधिकांशको हालत पनि उस्तै छ। केही एआइजी डिआइजी हुँदाका बेला आएआइजी प्रमुख रहने कार्यालयका निमित्तका रूपमा सरूवा भएकाले उनीहरू विभाग प्रमुखको भूमिकामा त छन् तर पदस्थापना सोही कार्यालयमा भएको छैन।

बढुवा जाम खुलाउँदै गृह मन्त्रालयले एआइजीदेखि हवल्दारसम्मको बढुवा निकाल्यो। तर पदस्थापना भएको छैन। प्रहरी नियमावली अनुसार  एआइजी सरूवा मन्त्रिपरिषदले गर्नुपर्छ भने डिआइजी र एसएसपीको सरूवा अधिकार गृहमन्त्रीमा छ। –नागरिक

        बिहीबार, भदौ १, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*