बोक्सीको आरोपमा सासुमाथि कुटपिट

सिरहा, २९ साउन ।

लहान–१ की ६० वर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणु मरिकले बोक्सीको आरोपमा शनिबार कुटेर बेहोस बनाएका छन् ।

गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाका रुपमा चिनिने गरेकी किसनीलाई आफ्नै बुहारीहरुले मरणसन्न हुने गरी कुट्नु अन्याय भन्दै उहाँकी छोरी मीनाले घट्नाको छानविन गर्न माग गरेकी छन् । –गोरखापत्र

   आइतबार, साउन २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*