मनीषा कोइराला वागमती सफाइ सद्भावना दूत

काठमाडौं, २ असार । सरकारले बागमती सफाइ महाअभियानको सदभावना दूतमा नायिका मनिषा कोइराला मनोनीत गरेको छ। सहरी विकास मन्त्रालयको प्रस्तावमा बागमती सफाइ महाअभियानको बिहीबार बसेको साप्ताहिक बैठकले कोइरालाको नाम अनुमोदन गरेको हो। आजको कान्तिपुर दैनिकमा खबर छ ।

कोइराला आगामी शनिबार सञ्चालन हुने २१४ औं साताको सफाइ कार्यक्रममा सहभागी हुने जानकारी महाअभियानले दिएको छ। तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पदमा बहाल छँदै कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए।

२०७० जेठ ५ देखि सातामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ।

        असार २, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*