महासंघको २५ औँ महाधिवेशन : देशभरका पत्रकार काठमाडौंमा

काठमाडौं, ४ भदौ ।

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबार आज काठमाडौंमा सुरु हुँदैछ ।

महाधिवेशनमा भाग लिन देशभरका पार्षद् तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आइतबार बिहान महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरदबहादुर देउवाले गर्दैछन् ।

नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघले २५औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन भदौ ३ गते विहान १० बजे, मतदाता नामावली उपर दावी विरोध भदौ ३ गते विहान १० बजेदेखि १२ बजेसम्मको समय छ ।

कार्यतालिकामा

उम्मेद्वारी मनोनयन दर्ता भदौ ४ गते विहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म,

उम्मेदवारको नामवली प्रकाशन भदौ ४ गते ३ : ४५ बजे,

उम्मेदवार उपरको दावी विरोध र उम्मेदारी फिर्ता भदौ ४ गते ३ :३४ देखि ४ : ४५ बजेसम्म,

उम्मेदावरको अन्तिम नामावली प्रकाशन भदौ ४ गते बेलुका ५ बजेसम्म छ ।

मतदान भदौ ५ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तथा मतगणना भदौ ५ गते मतदान सम्पन्न भएपछि हुने कार्यसूची छ ।

नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस सेन्टरबाट गोविन्द आचार्यको प्यानल, प्रेस चौतारीबाट तीर्थ कोइराला र स्वतन्त्रबाट उजीर मगर मैदानमा छन् ।

 

       आइतबार, भदौ ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*