महिलाविरुद्ध अनलाइन हिंसा

करिब चार वर्ष अघि होला, राजनीतिक नेतृृत्वमा युवा महिला विषयक तालीमको सहजीकरण गर्न म र मेरा दुई साथीहरू बझाङ पुगेका थियौँ । हामीसँगै फिनिस र स्वेडिस अरू दुई साथी पनि थिए । जब हामी खाना खान त्यहाँको एक स्थानीय होटलमा जान्थ्यांैँ, सबैका हात ल्यापटप र मोबाइलमा व्यस्त हुन्थे । वाइ–फाइ भएको त्यस होटलमा पुगेपछि कोही कसैसँग बोल्दैनथ्यो– सबैजना भाइबर, मेसेन्जर, फेसबुक र अन्य साइटमा व्यस्त ! बझाङको होटलमा बसेर काठमाडौं, अमेरिका, अस्ट्रेलिया र क्यानडामा एकैसाथ काम र कुरा गर्न पाउनु कम उपलब्धिको कुरा थियो र !…………

manju 1

मञ्जु थापा

करिब चार वर्ष अघि होला, राजनीतिक नेतृृत्वमा युवा महिला विषयक तालीमको सहजीकरण गर्न म र मेरा दुई साथीहरू बझाङ पुगेका थियौँ । हामीसँगै फिनिस र स्वेडिस अरू दुई साथी पनि थिए । जब हामी खाना खान त्यहाँको एक स्थानीय होटलमा जान्थ्यांैँ, सबैका हात ल्यापटप र मोबाइलमा व्यस्त हुन्थे । वाइ–फाइ भएको त्यस होटलमा पुगेपछि कोही कसैसँग बोल्दैनथ्यो– सबैजना भाइबर, मेसेन्जर, फेसबुक र अन्य साइटमा व्यस्त ! बझाङको होटलमा बसेर काठमाडौं, अमेरिका, अस्ट्रेलिया र क्यानडामा एकैसाथ काम र कुरा गर्न पाउनु कम उपलब्धिको कुरा थियो र ! अचेल साना नानीहरू समेत मोबाइल, ल्यापटप वा टेलिभिजनमा कार्टुन भिडिओ नहेरी खान मान्दैनन् । अन्डर–ग्राजुएट पढ्दै गरेका छोरा ल्यापटपभित्रको भर्जुअल दुनिया हेरेर मख्ख पर्दै हाँसिरहन्छन् र दार्शनिक पारामा भन्छन्, प्रत्यक्ष आँखाले त कति पो हेरेर साध्य हुन्छ र ? यहाँ त सिंगो ब्रम्हाण्ड देख्न बुझ्न अनुभव गर्न पाइन्छ । कुनै कार्यक्रममा गयो, वक्ता बोल्दैछन्, अतिथि, आयोजक र सहभागीहरू मोबाइलमा आवश्यक अनावश्यक साइट हेर्न, च्याट गर्न, लाइभ सेयर गर्न व्यस्त देखिन्छन् । जमाना यस्तो भइसक्यो, इन्टरनेट र सोसल साइटबिना मानिसको जिन्दगी नै अधुरो जस्तो हुन थालिसक्यो । मानिस व्यक्तिमा कम रुचि राख्ने र सञ्चार प्रविधि (आइसिटी) का माध्यमले जीवन जगतलाई हेर्ने, बुझ्ने, जान्ने, मनोरञ्जन गर्न बढी मन पराउने भइसक्यो । यो भर्चुअल दुनियाले सबै राष्ट्रियता, क्षेत्र, हैसियत, उमेर, लिङ्ग, जातजाति र समुदायका मानिसलाई उम्कनै नसक्ने गरी आप्mनो नियन्त्रणमा अँठ्याएको छ ।

नेपालमा पनि गाउँ सहर सबैतिर सूचना र सञ्चार प्रविधि (आइसिटी) को पहुँच बढिरहेको छ । अत्यधिक महिलाहरू पनि यसका प्रयोगकर्ता बनेका छन् । मोबाइल फोनको प्रयोग प्रशस्त छ भने इन्टरनेट सेवा फैँलदैछ । इमेल, फेसबुक, युट्युब, ट्विटर, ब्लग चलाउनेहरू दिनानुदिन थपिँदैछन् । अनलाइन पत्रकारिता गर्ने र त्यसको उपभोग गर्नेहरू दुवैको संख्या बढेको छ । केही अनलाइन पत्रिका वा म्यागेजिनहरूले क्रमशः सूचना र समाचार स्रोतको विश्वसनीयता प्राप्त गर्दै गएका छन् भने धेरै अनलाइनहरू सोखका कारण सञ्चालित छन् । त्यस्ता अनलाइनहरू पोर्नोग्राफी बेचेर र कपी–पेस्ट पत्रकारिताबाटै धानिइरहेका छन् । मोबाइल फोन, इमेल, इन्टरनेट जस्ता नयाँ–नयाँ प्रविधि तथा तिनमा आधारित सामग्रीले वर्तमान मानिसको जीवनमा ठाडो हस्तक्षेप र गहिरो छाप छाड्दैछन् । मानव जीवनका अभिन्न हिस्सा बनेर यिनले जबरजस्त रूपमा राम्रा–नराम्रा प्रभाव पारिरहेका छन् ।

सोही क्रममा यिनले महिला सशक्तीकरण एवं लैङ्गिक समानताका लागि पनि अनगिन्ती सम्भावना एवं अवसरहरू सिर्जना गरेका छन् । महिलालाई सूचना र सञ्चारको नजिक ल्याएर वा अभियान सञ्चालनमा मद्दत पु¥याएर महिलाविरुद्ध हिंसाको अन्त्य गर्न समेत सहयोग गरिरहेका छन् । उदाहरणका लागि, महिलाविरुद्ध हिंसाको अन्त्यको माग गर्दै भएको “अकुपाई बालुवाटार” अभियान, सन् २०१२ मा अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र विदेशबाट फर्केकी एक महिला कामदारमाथि सरकारी कर्मचारीबाट भएको लुटपाट र बलात्कारको घटनाविरुद्धको अभियान सञ्चालन गर्नमा इमेल, फेसबुक र अनलाइन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आइसिटी तथा अनलाइन मिडियाले महिलाविरुद्ध हिंसा न्यूनीकरण गर्न पु¥याएको यस्तो योगदान प्रशंसनीय छ । तर सँगसँगै यिनको दुरुपयोगले महिलामाथि झन्–झन् बढी जोखिम र हिंसा थपिइरहेको अवस्था पनि छ ।

अनलाइन मिडियामा पहुँच र प्रयोग बढ्दै जाँदा तथा तिनको दुरुपयोग हुँदा महिलामाथि अनलाइन हिंसा, दुव्र्यवहार, गालीगलौज र समग्रमा उनीहरूलाई नीचा देखाउने काम पनि भएको छ । फेसबुक, ट्विटर, ब्लगजस्ता सामाजिक सञ्जालहरू र अनलाइन मिडियामा महिलालाई कमजोर र अक्षम देखाउने अभिव्यक्ति तथा तस्बिरहरू सम्प्रेषण भइरहेका हुन्छन् । यस्ता कतिपय अवस्थामा महिलाहरू यस्ता प्रविधिहरूको प्रयोग र अनलाइन मिडियाबाट भाग्नुपर्ने अवस्था पनि सुरु भएको छ । महिलालाई आइसिटीको प्रयोग गर्दै आपसी सम्पर्कमा रहने, आफूलाई अभिव्यक्त गर्ने तथा विचारहरूको आदानप्रदान गर्ने स्थान पनि साघँुरिँदैछ । महिलाहरू आइसिटी एवं अनलाइन मिडियाबाट फाइदा लिनबाट वञ्चित पनि हुँदैछन् । महिलाविरुद्ध हुने यस्तो अनलाइन हिंसा विश्वभर व्याप्त छ र नेपालमा पनि बढ्दो छ । नजिकका व्यक्तिहरूबाटै साइबर स्टकिङ, अनलाइन दुव्र्यवहार, तस्बिरको दुरुपयोगमार्फत शोषण र निजी मामिलाहरूमा हस्तक्षेप गरेर हिंसा गरिँदैछ । फलस्वरूप मनोवैज्ञानिक र भावनात्मक असुरक्षा, पूर्वाग्रहहरूको निरन्तरता, सार्वजनिक जीवनमा अवरोध सिर्जना हुन गै सम्बन्धित महिलाहरूको सुरक्षा स्थिति कमजोर बन्दैछ । युएन विमेनको एक दस्तावेजमा उल्लेख भएअनुसार, अनलाइनको माध्यमबाट हुने दुव्र्यवहार, गालीगलौजपूर्ण भाषा र अपमानजनक तस्बिरहरूको ९५ प्रतिशत महिलाविरुद्ध लक्ष्ति छन् ।

अनलाइन मिडियाबाट गलत कुरा सिक्ने र आइसिटी दुरूपयोग गर्ने प्रवृत्तिकै फलस्वरूप मोबाइल फोनबाट धम्की दिने र सताउने क्रममा महिलाविरुद्ध मात्र नभै अन्य अपराधका घटनामा पनि वृद्धि भएको छ । एक सर्भेअनुसार, बढ्दो साइबर स्पेस प्रयोगसँगै नेपालका विद्यालयहरूमा साइबर बुलिङ पनि हुन थालेको छ जसबाट किशोर–किशोरीहरूको अध्ययनमा बाधा, आत्महत्याका लागि दबाबजस्ता गम्भीर असरहरू देखिन थालेका छन् । महिलालाई बदनाम गर्न र धम्क्याउन उनीहरूका नग्न तस्बिर लुकेर खिँच्ने वा भिडियो बनाउने, ती तस्बिर वा भिडियोहरू विभिन्न अनलाइन, फेसबुक र इन्टरनेट साइटमा राख्ने वा राखिदिने धम्की दिँदै उनीहरूको यौन शोषण गर्ने गरिन्छ । विशेषगरी महिलाहरूको फेसबुक ह्याक गर्ने र उनका साथीहरूसँग अश्लील कुराकानी गर्न खोज्ने घटना पनि बढेका छन् । यसरी अनलाइनमार्फत महिलामाथि दुव्र्यवहार, हिंसा र गालीगलौज गर्ने कुप्रवृत्ति नेपालमा पनि मौलाउँदो छ । यस्ता अनलाइन हिंसा र दुव्र्यवहारका कारण एकातिर महिलाहरू आइसिटीलाई प्रयोग गर्न निरुत्साहित हुँदै जान थालेका छन् र उनीहरूको सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रतासमेत खोसिएको छ भने अर्कातिर, अनलाइन हिंसाको परिणामका रूपमा यथार्थमा नै महिलाविरुद्ध हिंसा बढ्न मलजल पुगिरहेको छ । अनलाइनमा धम्की दिइएका, आरोपित वा चरित्र–हत्या गरिएका वा दुव्र्यवहारमा परेका महिला कतिपयले आत्महत्या गर्न पुग्छन् त कति समाजमा अनुहार लुकाएर हिँड्न बाध्य हुन्छन् ।

आइसिटी तथा अनलाइन मिडियाको यस्तो नकारात्मक प्रभावलाई मध्यनजर गरेर संयुक्त राष्ट्र संघका सम्बन्धित निकाय र मञ्चहरूले महिलाविरुद्ध हिंसा फैलाउनका लागि सूचना र सञ्चार प्रविधि तथा सोसल मिडियाको प्रयोग; यौन दुव्र्यवहार, यौन शोषण, बाल पोर्नोग्राफी, महिला र बालिकाको बेचविखन तथा महिला एवं बालिकाहरूको सुरक्षामा आँच पु¥याउने साइबर स्टकिङ, साइबर बुलिङ तथा गोपनीयताको हननजस्ता हिंसाका उदीयमान स्वरूपहरूको अन्त्य गर्न प्रभावकारी संयन्त्रहरूको विकास गर्नुपर्नेमा जोड दिन थालेका छन् । महिला अधिकारकर्मीहरूले फेसबुकलगायतका साइटहरूलाई महिलाविरुद्ध हिंसाको थलो बन्न नदिनका लागि विभिन्न अभियान गर्दै आएका छन् । अनलाइन हिंसा र अपराधलाई रोक्न विभिन्न कानुनी संयन्त्रहरू पनि बनाइएका छन् ।

नेपालमा पनि संविधान र विद्युतीय कारोबार ऐन, केही सार्वजनिक (अपराध तथा सजाय) ऐन, मानहानि तथा गालीगलौज ऐन, दूरसञ्चार ऐनसमेत केही कानुनहरूले नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, कसैप्रति घृणा वा ईष्र्या फैलाउने, सार्वजनिक मर्यादामा आँच पु¥याउनेजस्ता अनलाइन सामग्रीलाई निषेध गर्न, सजाय गर्न र वेबसाइट नै ब्लक गर्न सक्ने व्यवस्थासमेत गरेका छन् । तर अनलाइनको दिन दुगुना रात चौगुना बढ्दो प्रभावका सामु अपराध रोक्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय प्रदान गर्न यी कानुनी व्यवस्थाहरू पर्याप्त र प्रभावकारी हुन सकेका छैनन् । बढ्दो अपराधलाई ध्यानमा राखेरै होला, हालै मात्र नेपाल प्रहरीले अलग्गै साइबर ब्युरोका लागि कार्ययोजना निर्माण गर्न थालेको समाचार सार्वजनिक भएको छ ।

महिलाविरुद्ध अनलाइन हिंसा रोक्नका लागि विषयप्रति सम्वेदनशीलता, सुरक्षित अनलाइन स्पेसहरूको संरक्षण र दोषीलाई सजायको व्यवस्था अनिवार्य छ । त्यसका लागि सम्बन्धित सरोकारवालाहरूले आ–आफनो क्षेत्रको पहलकदमी गर्नुपर्दछ । प्रविधिको उपलब्धता, उपयोग, सकारात्मक नकारात्मक प्रभाव, पीडितलाई उपचारको खोजीजस्ता विषयहरूमा मूलतः आइसिटी प्रयोगकर्तालाई एवं आम जनतालाई सचेत र सम्वेदनशील बनाउन जरुरी छ । मिडिया संस्थाहरूले इन्टरनेट र अनलाइन मिडियालाई अभिव्यक्ति स्वतन्त्रताको सकारात्मक प्रयोग गर्ने माध्यमका रूपमा स्वीकार गरी यसबाट महिलाविरुद्ध हिंसा हुन नदिन सजग हुनुपर्दछ । मिडिया नियमनका लागि बनाइने कानुन, आचार संहिता र निर्देशिकाहरूमा अनलाइन मिडियासमेतलाई समेट्दै महिलाविरुद्ध अनलाइन हिंसालाई पनि सम्बोधन गर्ने प्रावधान राखिनुपर्दछ । यस्तो हिंसालाई खबरदारी गर्न महिला अधिकारकर्मीहरूले यससम्बन्धी आप्mनो ज्ञान र पहलकदमी बढाउनुपर्दछ । सबै सरोकारवालाहरूले प्रविधि आधारित र महिलाविरुद्ध अनलाइन हिंसा भएको तथ्यलाई स्विकार्दै त्यसका अन्तका लागि विशिष्ट कानुनी संयन्त्रको तर्जुमा गरी कार्यान्वयन गर्न प्रतिबद्ध नभएसम्म यसलाई न्यून गर्न सकिँदैन ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*