मानव तस्करीको आरोपमा एन्फाका पूर्वमहासचिव शाही पक्राउ

काठमाडौं, ९ असार । खेलाडी र खेल पदाधिकारी बनाएर क्यानाडा लैजान्छु भनी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर शाही नेपाल आइस हक्की संघको अध्यक्षसमेत हुन् ।

खेलाडीको आवरणमा मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्ने शाही खेल क्षेत्रका तेस्रो व्यक्ति हुन् ।

यस अगाडि गैरखेलाडीलाई खेलाडी बनाएर बेलायत र कोेरिया पठाउन सक्रिय रहेको अभियोगमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनारायण गिरी पक्राउ परेका थिए । यो खबर आजको नागरिक  दैनिकमा छ ।

      असार ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*