म्यादी प्रहरी भर्नाको आवेदन दिन महिला बढी

संवाददाता । कपिलवस्तु, २६ असोज ।

जिल्ला प्रहरी कार्यालयमा कपिलवस्तुमा म्यादी प्रहरीमा आवेदन दिन महिलाको निकै भिड लागेको छ । आगामी मंसिरमा हुने केन्द्रीय र प्रदेशसभा निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको बढी भिड देखिएको छ ।

-सरकारले निर्वाचनलाई शान्त, मर्यादित र भयरहित सम्पन्न गर्नका लागि गत मंगलबारदेखि असोज ३० सम्म आवेदन खुल्ला गरेको छ ।

-आवेदनमध्येबाट देशभर ९८ हजार २ सय ६८ म्यादी प्रहरी नियुक्त हुनेछन् ।

-म्यादीका लागि आवेदन बुझाउने स्थान९जिल्ला प्रहरी कार्यालय०मा आवेदन दिनेको बिहानैदेखि भिड लाग्ने गरेको छ ।

-अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गरेका र कतिपय नयाँले समेत आवेदन दिएका छन् । आवेदन दिनेमा कतिपय किशोरी, वैदेशिक रोजगारीबाट फर्किएका तथा सुरक्षा निकायमा कार्य सम्पादन गरेको अनुभव भएका महिलाहरू छन ।

आकर्षण किन ?
-नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा भर्ना खुलेमा भर्ना हुन सहज हुने भएकाले समेत म्यादी प्रहरीमा आवेदन दिएको उनीहरूले बताएका छन ।

-बढ्दो बेरोजगारीले महिला र किशोरीलाई म्यादी बन्न आकर्षण गरेको छ ।

-कतिपय विद्यार्थीसमेत पढाइ खर्च जोहो गर्नका लागि निश्चित समयको कार्य भएकाले म्यादी बन्न आवेदन दिन आएका छन ।

-नयाँ कामको अनुभवका लागि पनि कतिपय म्यादीको आवेदन दिने लाइनमा बसेका छन् ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् । उनीहरूलाई ५५ दिन कार्यावधि रहने गरी भर्ना माग गरिएको हो । आवेदनको आधारमा आवेदकहरूबाट कार्तिक ५ देखि ८ गते सम्मको अवधिमा छनौट प्रक्रिया अघि बढाइने छ ।

म्यादी प्रहरीमा छनौट हुनेलाई प्रहरी जवान सरहको आधारभूत तलब, निर्वाचन अवधिमा विशेष भत्ता, निर्वाचन क्रममा घाइते भए १ लाख ५० हजार सम्म उपचार खर्च तथा निर्वाचनमा मृत्यु भएका अवस्थामा आश्रित परिवारलाई १५ लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । (रातोपाटीको सहयोगमा)

   बिहीबार, असोज २६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*