‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०७३’ मिठाईदेवीलाई

काठमाडौं, २१ भदौ ।

नेपाल स्रष्टा समाजद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’’ विसं २०७३ को लागि मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य, पत्रकारिता, दलित महिला र समग्र दलित हकहितको लागि सक्रिय भई सामाजिक सेवामार्फत समाज रुपान्तरणमा पुर्याउँदै आएका महत्वपूर्ण योगदानका निमित्त विश्वकर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

Mithai-devi Bishwokarma

साहित्यकार आलोकद्वारा नै स्थापित उक्त सम्मान २०६५ सालदेखि निरन्तर प्रदान गरिँदै आएको छ । पुरस्कारको राशि रु. २५ हजार र सम्मानपत्र रहेको छ ।

उक्त सम्मानबाट हालसम्म सर्वश्री रमा शर्मा, भद्रकुमारी घले, अंगुरबाबा जोशी, सगुन शाह, शान्ता श्रेष्ठ, कविता पौडेल, दुर्गा घिमिरे सम्मानित भइसकेका छन् । उक्त सम्मान यही भाद्र ३० गते एक विशेष समारोहबीच प्रदान गरिने समाजले जनाएको छ । रासस

      बुधबार, भदौ २१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*