राष्ट्रिय गोजुरियो कराते साउन ९ गते

खेल संवाददाता

काठमाडौं, २४ असार । नेपाल गोजुरियो कराते संघको आयोजनामा दोश्रो राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता साउन ९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ३० जिल्लाका करिब ४ सय ४० खेलाडीको सहभागिता रहने गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् । पुरुषमा २२ र महिलामा १६ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दुई दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख ७० हजार खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई मध्यनजर गरी साउन ७ र ८ गते राष्ट्रिय रेफ्री सेमिनार पनि हुनेछ । सेमिनारमा ७० रेफ्रीको सहभागिता रहने बताइएको छ । सेमिनार एकेएफ रेफ्री गोजुरियो कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक बी.आर. मित्रले सञ्चालन गर्नेछन् । सेमिनार पनि राखेपकै कभर्डहलमा हुनेछ ।

        असार २४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*