लाइसेन्सका लागि अब सडक परीक्षा अनिवार्य

काठमाडौं, १९ असार ।  सवारी चालक अनुमतिपत्र लाइसेन्स का लागि अब सडक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा ट्रायलमा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ ।

यदि सडकमा पनि गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाइसेन्सका लागि अयोग्य मानिनेछ ।

लेन अनुशासन, ट्राफिक बत्ती, सिट बेल्टलगायत आधारभूत नियममा लापरबाही गरे लाइसेन्स पाइने छैन । (कान्तिपुर) 

     असार १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*