विदेशी लाइसेन्सको नेपालीकरण बन्द

काठमाडौं, १४ असार । यातायात व्यवस्था विभागले विदेशमा बनाइएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नेपालीकरण गर्ने क्रममा अनियमितता भएको भन्दै बन्द गर्न निर्देशन दिएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा अन्तर्राष्ट्रिय लाइसेन्स नेपालीकरण गर्ने क्रममा आर्थिक चलखेल भेटिएपछि विभागले यस्तो निर्देशन दिएको हो ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने कम्प्युटर सफ्टवेयर ह्याङ भएकाले विदेशी लाइसेन्स नेपालीकरण बन्द गर्न निर्देशन दिएको बताए ।

‘आइटीका विज्ञहरूको सुझावका आधारमा हामीले यस्तो निर्देशन दिएका हौ,’ उनले भने,‘सफ्टवेयर ह्याङ नभएर असार भित्र सेवा सुरू गरिने बताए ।

विदेशी लाइसेन्स नेपालीरण गर्ने सेवा अब मुलुकभर दिने उद्धेश्यले पनि हाललाई बन्द गर्न निर्देशन दिएको उनको दाबी छ।

पोखरामा स्मार्ट लाइसेन्स वितरण सुरु

यसैबीच, पोखरामा मंगलबारदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको समाचार आजको नागरिक दैनिकमा छ ।

यातायात व्यवस्था कार्यालय कास्कीले नविकरण गरेका चार जना सेवाग्राहीलार्ए मंगलबार स्मार्ट लाइसेन्स वितरण गर्यो ।

सवारी चालक अनुमतिपत्र गण्डकीका प्रमुख कीर्तनराज पौडेलले लाइसेन्स विरण गर्दै अब पोखराबाट स्मार्ट लाइसेन्स दिने कार्य सुरु भएको बताए ।

 असार १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*