विवेकशील साझा : रन्जु दर्शना प्रदेश र प्रतिनिधि सभाको बन्दसूचीमा पनि परिनन्

सम्वाददाता । काठमाडौं, १८ कात्तिक ।

विवेकशील पार्टीबाट स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेद्वारी दिएर उल्लेख्य मत हासिल गरेकी रन्जु दर्शना प्रदेश र प्रतिनिधि सभाको बन्दसूचीमा भने परेकी छैनन् ।

दर्शनाको नाम हटाइए पनि काठमाडौं महानगरपालिकाको उपमेयरमा चुनाव लडेकी निरूपमा यादवको नाम भने समावेश गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको २५ जनाको सूचीमा उक्त पार्टीले अधिकांश महिलालाई समावेश गरेको छ ।

बन्दसूचीमा रमेश महर्जन, प्रकाशचन्द्र परियार, मुमाराम खनालसहित उमेदकुमार पुन शेरपुञ्जा, प्रतिभा डंगोल, प्रमोद बारघरे, सुनिता कर्माचार्य श्रेष्ठ, जानुका तामाङ, राम तपस्या कुमार साह, खुश्बु शर्मा लगायतको नाम राखेको छ ।

त्यस्तै प्रदीपकुमार यादव, अरूण चौधरी, गौरी कुमारी चौधरी, गेहेन्द्रप्रसाद दाहाल, रेशु अर्याल ढुंगाना, विमला पन्त ९ओझा० सोनिका लामा केसी, ऋचा थापा, सुदर्शन धिताल, हर्कबहादुर पुजारा, शोभिता परियार, राधिका दर्जी र शबनम जहां पनि बन्दसूचीमा छन् ।

काठमाडौं महानगरको मेयरमा करिब ६४ हजार मतका साथ् एमाले उम्मेदवार बिध्या सुन्दर शाक्यले जित हात पर्दा रन्जुले करिब साढे २३ हजार भोटका साथ् तेश्रो स्थान हासिल गरेकी थिइन । उनी विवेकशील पार्टीको सस्थापक सदस्य हुन् । अहिले उनी केन्द्रिय कार्यपालिका समिति सदस्य छन् ।

शनिबार, कात्तिक १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*