वेयन रुनी ‘मापसे’मा पक्राउ, २ वर्ष गाडी चलाउन रोक

मापसेमा परी लाइसेन्स खोसिएका रुनीलाई एभर्टन क्लबको फिन्च फर्म ट्रेनिङ ग्राउन्डबाट घरतिर लाँदै रुनीका पिता ।

लन्डन, ४ असोज ।

इंग्ल्यान्डका पूर्वकप्तान तथा बहुचर्चित फुटबलर वेयन रुनी मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोपमा पक्राउ परेपछि उनलाई दुई वर्ष कुनै पनि सवारी साधन चलाउन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । यसका ािथै केही नगद जरिवाना र निःशुल्क ािमुदायिक काम गर्नुपर्ने सजाय पनि तोकिएको छ ।

इंग्ल्यान्डको स्टोकपोर्ट जिल्ला अदालतले रुनीमाथि खराब आचरण देखाएको भन्दै उनलाई गाडी चलाउन प्रतिबन्ध लगाएको हो।

WayneRooneyDejectedCourt

१३ वर्षपछि टिम एभर्टन क्लबमा फर्किएका रुनी १ सेप्टेम्बरमा अत्याधिक मदिरा सेवन गर्दै गाडी चलाएको अवस्थामा चेसायरको विल्मस्लोमा पक्राउ परेका थिए।

उनले मदिरा सेवन गरेर गाडी चलाउँदा अगाडिको सिटमा कुनै एक महिला पनि भएको बताइएको छ।

अदालतले रुनीलाई १७० पाउण्ड जरीवाना गर्नुका साथै एक वर्षभित्र निःशुल्क सय घण्टा सामुदायिक काम गर्न पनि आदेश दिएको छ ।

रुनीले ३ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा अदालतले यो निर्णय सुनाएको हो। उनी पक्राउ पर्दा नियम विपरित ३ गुणा ज्यादा नसा गरेको पाइएको थियो। बेलायतमा सवारी साधन चलाउदा नसाको मात्रा ३५ माइक्रोग्राम छ भने त्यसलाई कानुनी मानिन्छ। तर, त्योभन्दा माथि गैरकानुनी छ। रुनी समातिँदा ब्रेथलाइजरले उनको नशाको मात्रा १ सय ४ देखाएको थियो।

WayneRooneyCourtSept17

आफूमाथि अदालतले २ वर्ष सवारी साधन चलाउने फैसला सुनाएपछि रुनीले आफ्ना सबै समर्थकसँग सार्वजनिक रुपमै माफी मागेका छन्। उनले आफ्नो हर्कतले घर परिवार, इस्टमित्र र समर्थकलाई पर्न गएको असुविधाका लागि दुःख व्यक्त गरे। रुनी इंग्ल्यान्डका सर्वाधिक गोल कर्ता हुन्। उनी १३ वर्ष म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलेर यसै सिजन एभर्टन क्लब फर्किएका थिए।

यो घटनापछि रुनीको केही घनिष्ठ साथी खेलाडीका पत्नीहरूले आफ्ना पतिहरूलाई रुनीसित बाहिर जमघट वा रेस्टुराँहरूमा जानबाट रोक लगाएका छन् ।    (एजेन्सीको सहयोगमा)     

   बुधबार, असोज ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*