समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

काठमाडौं, १९ कात्तिक ।

मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ ।

कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन् । निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा ३ हजार ६ सय ४३ जना महिलाको नाम समावेश छ ।

त्यसैगरी २ हजार ८ सय ५१ जना पुरुषको नाम समानुपातिक बन्दसूचीमा राखिएको निर्वाचन आयोगले जनाएको छ । बन्दसूचीमा ५६ प्रतिशत महिलाको नाम समावेश गरिएको छ भने ४४ प्रतिशत पुरुषको नाम छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी हेर्दा कानुनअनुसार महिलाको प्रतिशत पुर्याउन निकै कठिन पर्ने देखिन्छ । – नागरिक दैनिक

आइतबार, कात्तिक १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*