सर्वोच्चद्वारा चार वर्षपछि पार्वतीको रिट खारेज

काठमाडौं, ३० जेठ । वरिष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउनुपर्ने मागसहित तत्कालीन एआईजी पार्वती थापामगरले दायर गरेको रिट निवेदन प्रयोजनहीन भएको भन्दै चार वर्षपछि सोमबार सर्वोच्च अदालतबाट खारेज भएको खबर आजको अन्नपूर्ण पोस्ट ले छापेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुरूप आफूभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई आईजीपी बनाइएको दाबीसहित थापाले ०७० साल कात्तिक २६ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। अर्याल भने आईजीपी भइवरी अवकाश भइसकेका छन्।

यता, अर्यालको अवकाशपछि सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गरेपछि डीआईजी नवराज सिलवालद्वारा दायर रिटमा भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विशेष सक्रियतामा डेढ महिनामै फैसला भएको थियो । पार्वतीको मुद्दामा चाहिँ बल्ल फैसला भएको छ ।

  जेठ ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*